banner

ताजा समाचार

बेपत्ता परिवार लाइ शिक्षा, स्वास्थ्य रोजगारको व्यवस्था सरकारले गर्ने मुख्य मन्त्रि शाही

1 157 total views, 1 1 views today

खडक बिश्वकर्मा ,

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले युद्धमा वेपत्ता हुनेहरु देशका लागि महान व्यक्ति भएको भन्दै सहिद तथा बेपत्ता व्यक्तिका परिवारका लागि शिक्षा, स्वास्थ्यको निशुल्क व्यवस्था गर्ने र रोजगारीको व्यवस्थाका लागि आवश्यक नीति बनाईने बताए । परिवर्तनका लागि भएका विभिन्न आन्दोलन तथा युद्धमा सहभागी हुदाँ वेपत्ता भएका व्यक्तीहरु देशको लागि महान र अमर भएको उहा को भनाइ छ ।

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार सम्पन्न पीडित पहिचान तथा परिचय पत्र वितरण सम्बन्धमा सरोकारवलाहरुसँगको अन्तरक्रियामा उहाले यस्तो बताउनु भय को हो ,कार्यक्रम  मा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको हो , आयोगले आफ्नो कामको गति बढाउनुपर्ने उहा को तर्क छ । आयोगलाइ  अन्य संघ संस्था जस्तो राजनीतिकरण नगरी लक्षित वर्गका लागि विशेष योजना बनाएर काम गर्न उहाले अनुरोध गर्नु भय को छ ,साथै ‘आयोगलाई प्रदेश सरकार साथमा रहेको भन्दै वेपत्ता व्यक्तिहरुको तत्काल छानविन गर्न उहाको सुझाब छ ।

आयोगले शान्ति प्रक्रियाका वाँकी काम छिटो छिटो सम्पन्न गुर्नपर्ने मुख्यमन्त्री शाहीले बताउनु भयो , अहिलेको राजनैतिक परिवर्तनमा सहिद र बेपत्ता पारिएका योद्धाहरुको मुख्य भूमिका रहेको उहाको भनाइ छ । बेपत्ता पारिएका व्यक्तिका परिवारले लामो समयसम्म न्याय नपाउनु दुखपूर्ण रहेको भन्दै उनीहरु फर्केर आउने आशैआशामा परिवार वाँच्नु निकै पिडादायी भएको दावी समेत गर्नु भय को छ ,बेपत्ता पारिएका परिवारजनलाई छिटो भन्दा छिटो न्याय दिनुपर्ने आवश्यकता रहेको उहाको जोड छ ।

साथै मुख्यमन्त्री शाहीले हरेक जिल्लामा गएर पीडितका कुरा सुन्न आयोगलाई आग्रह समेतगर्नु भय को छ , बेपत्ता परिवारको लागि राहात र परिपुरक का कामका लागि प्रदेश सरकारले आवश्यक वजेट तथा कार्यक्रमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयको छ ,बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शिक्षा, स्वास्थ्निशुल्क गर्ने र रोजगारीको व्यवस्थाका लागि आवश्यक नीति बनाईने उनको भनाई छ ।

करार सेवामा समेत सहिद र वेपत्ता पारिएका परिवारजनका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा ऐनमा पनि त्यस्तो प्राथमिकताको लागि व्यवस्था गरिने बताउनु भयको हो ,

शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्