banner

अन्तर्राष्ट्रिय

बेरुत विस्फोटका कारण लेबनानका प्रधानमन्त्रीको राजीनामा

लेबनानको राजधानी बेरुतमा दुई सय जनाको ज्यान जानेगरी भएको विस्फोटन ब्यापक भ्रष्टाचारको उपज भएको निष्कर्ष निकाल्दै लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिनुभएको छ ।

सोमबार साँझ राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सन्देश दिँदै दियाबले आफ्नो राजीनामा घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री हसनले राजीनामा दिनुअघि उहाँका केही मन्त्रीहरूले पनि राजीनामा दिनुभएको थियो ।

यसैबीच बेरुतको बन्दरगाहमा २ हजार ७ सय ५० टन एमुनियम नाइट्रेट राखिएको र उक्त पदार्थ जोखिमयुक्त भएको जानकारी लेबनानका सुरक्षा निकायहरुले राष्ट्रपति र प्रधानमन्त्री समक्ष पेश गरेको तथ्य, अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको छ ।

लेबनानका राष्ट्रपतिका अनुसार उक्त गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा-सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको थियो।

गोदाममा भएको विस्फोटमा परी करिब छ हजार मान्छे घाइते भएको छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्