banner

आर्थिक

बैंक अफ काठमाण्डूको नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको मूनाफामा गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा गिरावट आएको बताएको हो ।

बैंकको नाफामा गिरावटमात्रै आएको छैन खराब कर्जा समेत वृद्धि भएको छ । यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

सो नाफा अघिल्लो आर्थिक वर्षभन्दा २२.२१ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घटेको हो ।

बैंकको निष्त्रिmय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ । बैंकको स्प्रेड दर ४.४० प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ भने आधारदर ९.९८ प्रतिशतबाट घटेर ८.७१ प्रतिशतमा झरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ रहेको वितरण योग्य मुनाफा गत आर्थिक वर्षमा ४१ करोड ९४ लाख रुपैयाँ घटेर ८८ करोड ७ लाख रुपैयाँमा सिमित भएको छ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा खुम्चिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्