banner

आर्थिक

भदौ पुर्णिमाको अवसरमा धार्मिकस्थल सिङलामा झाँक्रीहरुलाई सम्मान तथा म्हेन्दोमाया कार्यक्रम हुँदै

 

धादिङ । रुबिभ्याली गाउँपालिकाका स्थानीय युवाहरुको सक्रियतामा आउँदै गरेको श्रावण १९ गते जनै पुर्णिमाको अवसरमा धार्मिक स्थल सिङलास्थित विशेष उपस्थित झाँक्रीहरुलाई सम्मान तथा म्हेन्दोमाया संस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
धादिङ जिल्लाको रुबिभ्याली, खनियाबास र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको बीचमा अवस्थित पवित्र धार्मिक स्थल सिङलामा भदौ पुर्णिमाको अवसरमा भक्तजनहरुको विशेष उपस्थिति हुने गर्दछ ।
बौद्ध धर्म गुरु पद्यम सम्भबले वास गरेको स्थल र शक्तिको रूपमा रहेको यस सिङला धार्मिक स्थलमा दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास छ ।
भदौ पुर्णिमाको दिन सिङलामा विशेषगरी विभिन्न ठाउँबाट लामा र झाँक्रीहरु भेला भई पुजापाठ गर्ने गरिन्छ । रुबिभ्याली, खनियावास र रसुवाबाट हजारौ तिर्थयात्री भक्तजनहरुको उपस्थित हुने गर्दछ ।
रुबिभ्यालीका बरिष्ठ झाँक्री बुद्धिछिरिङ तामाङ(ओत्तो बोन्बो)का अनुसार,– ‘परापूर्वकालदेखि नै यस सिङला धार्मिक स्थलको रुपमा मानिदै आएको हो । सिङलालाई हामी झाँक्री तथा लामाहरुले पुजा पाठ गर्छौ किनभने धेरै पहिलेको कुरा मैले पनि सुनेको, झार्लाङ हाल खनियावास गाउँपालिकाका एक जना मेमे(बाजे) ल्हासाङ बोन(झाँक्री)ले पहिलो पटक माने निर्माण गरेको बुझिन्छ । उनले किन सिङलामा माने बनाए भन्दा एकदिन एउटा बुढी आमालाई खोलाले बगाईरहेको थियो त्यस बखत उनले सबै देवीदेवताको नाम लिंदा केही भएन तर सिङलाको नाम लिदा उक्त बुढी आमालाई खोलाले आफै पाखामा पु¥याएर ज्यान बाँचेको भन्ने दन्तकथा रहेको छ । त्यसपछि यस सिङलामा मानेको निर्माण गरि दैविक शक्ति रहेको र हरेक वर्ष भदौ पुर्णिमाको दिन पुजपाठ गर्ने गरिन्छ ।’

त्यस्तै यसैदिन नयाँ झाँक्रीहरुलाई वाङ(नयाँ झाँक्रीलाई गुरुद्धारा दिईने आर्शिवाद) पनि दिने गरिन्छ । त्यसपछि चेलिबेटीहरुले विभिन्न कोसेलीहरु लिएर नयाँ झाँक्रीहरुलाई विशेष परम्परा अनुसार झाँक्रीको दर्जा दिने गर्दछन् ।’

सो अवसरमा पूर्व गृहमन्त्री बुद्धिमान तामाङको आर्थिक सहयोगमा सिङला मानेमा गजुर हाल्ने कार्यक्रम समेत रहेको कार्यक्रम संयोजक बोलो तामाङले जानकारी दिए ।
तसर्थ, सिङलालाई विशेषगरी धार्मिक र पर्यटकीय स्थलको रुपमा रहेको रुबिभ्याली क्षेत्र अर्थात धादिङको उत्तरी क्षेत्रलाई समृद्ध धादिङको परिकल्पना साकार पार्ने महत्वपूर्ण कडिको रुपमा सबैले अबलम्बन गर्नुपर्ने देखिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्