banner

ताजा समाचार

भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय उडान, होटल बुकिङ भएपछि मात्र टिकट

भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुल्ने, टिकट काट्ने बेलामै होटलको खर्च तिर्नुपर्ने

काठमाडौं, ५ भाद्र । सरकारले भदौ १६ गतेदेखि लागू हुने गरी शर्तसहित अन्तर्राष्ट्रिय उडान गर्न दिने निर्णय गरेको छ ।
पीसीआर परीक्षण सहज भएका देशहरु मलेसिया, दुबई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, अमेरिका, क्यानडा युरोपेली देश, अस्ट्रेलिया र हङकङबाट नेपालमा नियमित उडान गर्न दिने सरकारले निर्णय गरेकाे छ । तर ती उडानमा नेपाली नागरिक, नेपालमा रहेका विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी र विकास साझेदार संस्थाका कर्मचारी र प्रतिनिधि मात्रै आउन पाउने छन् ।
नेपाल आउनेले जहाज चढ्नु ७२ घण्टा अघिको प्रमाणपत्र देखाउनुपर्ने र नेपाल आउने फारम भरेको र होटल बुकिङको प्रमाण देखाउनुपर्नेछ । उनीहरुले सात दिन होटल क्वरेण्टीन बस्ने खर्च पनि टिकट काट्दा नै बुझाउनुपर्नेछ । सरकारले तोकेका मापदण्ड विपरीत यात्रु बोकेर आएका जहाजलाई कारबाही गर्ने भएको छ ।
पीसीआर परीक्षण सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतार र अन्य देशबाट नियमित उडानबाट भने यात्रु ल्याउन नपाइने भएको छ । नियमित उडानको लागि अनुमति नभएका देशमा भने चार्टर्ड उडानमार्फत श्रमिकको उद्धार गर्न सकिने सरकारले जनाएको छ ।
यस्तै सरकारले फेरि उद्दार उडान सुरु गर्ने भएको छ । दैनिक पाँच सयभन्दा नबढ्ने गरी विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने सरकारले निर्णय गरेको छ । सरकारले उद्धार गर्नेहरुको सूचीमा राखेकाहरुको क्वरेण्टीन खर्च सरकाले बेहोर्ने भए पनि अन्य यात्रुले होटल क्वरेण्टीनको खर्च आफै बेहोर्नुपर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्