banner

ताजा समाचार

भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण: प्रचण्ड

Capshinn By Sundar Nath Nath Yogi

1 107 total views, 1 1 views today

यनयस मिडिया  

फागुन १४ काठमाडौं-विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् ।

प्राइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने समेत बताए ।

दाहालले भने, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।

भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे ।

भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ । संसदले यथासम्भव छिटो नयाँ प्रधानमन्त्री दिने र सहमतिका साथ नेपालले नयाँ प्रधानमन्त्री पाउने समेत दाहालले बताए ।

 

                                                     ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्