banner

कणाली प्रदेश

भैष्टचारीहरु लाई पदबाट मात्र नभई देश निकाला गर्न सक्ने सामर्थ्य हो ने.बि.सं नेता सुबेदी

1 497 total views, 1 1 views today

यनयस मिडिया
माघ १२ काठ्माडौँ, नेपाल को वर्तमान प्रस्थिति लाइ ने.बि.सं.का  CTEVT उपाध्यक्ष ,नेता जिबन सुबेदी  ले अलग  रुपमा चित्रण  गरेका छन नेकपाको विवादलाई के भनौँला भनेर वास्तवीक अलमलमा कोहि नहोला । नेकपाको आन्तरिक विवादले पदीय भागबण्डा नमिलेको हो भन्ने कुरा  स्पस्ट छ । पार्टिका केही व्यक्तिको नीजि स्वार्थको लागि लोकतान्त्र र संविधान माथि नै प्रहार गरेर मुलुकमा अराजकता मच्चाएको छ । यसरी संसद विघठन हुँदा देशमा अस्थिरता आएको र व्यवस्थामाथि नै दुर्घटना भएको  जनायका छन् ।

राजनीतिक स्थायित्व र लोकतन्त्रका लागि जनताले नेकपालाई जनमत दिए पनि आफ्नै कारणले समस्या पैदा भएको छ । बहुमतप्राप्त प्रधानमन्त्रीलाई पार्टीको आन्तरिक विवादका कारण संसद विघटन गर्ने अधिकार अहिलेको संविधानले कसै लाइ दिएको छैन । अझै सच्चिने समय छ । प्रधानमन्त्री ओलीजीको यो निर्णय गैरसंवैधानिक हो, अलोकतान्त्रिक हो । नेपाल विद्यार्थी संघले यसको घोर भर्सना गर्दछ ।

यस्तो  हर्कत गर्ने अधीकार जो कोहिलाई छैन् । त्यसको विरुद्धमा नेपाल विद्यार्थी संघ खरोरुपमा उत्रिनेछ । प्रधानमन्त्री ओलीको पछिल्लो कदम सरासर गलत हो । अहिले प्रधानमन्त्री ओलीजीले जुन विघटनको निर्णय लिनुभयो  यो एकदमै गलत निर्णय हो । संविधान विपरीत छ । यो निर्णयले सिंगो नेपालीको भावना मा खेलवाड गर्नु भएको छ ।

 

उहाँले संसद ल्याएको ५ वर्षका लागि हो भन्ने कुरा नै विर्सनु भएछ ।  प्रधानमन्त्रीलाई विघटनको अधिकार छैन् । हामीले पटक–पटक भनिरहेका छौ कि यो गैरसंवैधानिक हो । संसद नै विघटन गराउनु पर्ने अवस्था सिर्जना हुनुमा मुख्य दोषी को र अहिलेको मुख्य दोषी केपी ओली भएपनि दाहाल नेपाल समूह पनि उत्तिकै जिम्मेवार रहे को यन यस मिडिया संग बताउनु भयो।

 

जो नेपाली जन्ताले दिएको दुई तिहाई शक्तिलाई मर्यादामा राख्न नसकेर कुर्सीमा बस्न नपाएर जो अर्का नेता पुष्पकमल दाहल ‘प्रचण्ड’, माधब नेपाल लगाएतका दर्जैनौ नेताहरु जो सडकमा आउनु भयो उहाँहरु राष्ट्र र जनताको लागि नभएर कुर्सीको भागवण्डा नपुगेर नै आउनु भएको हो भने प्रष्ट देखिन्छ । 

 

कांग्रेसको इतिहासको सही मूल्यांकन गर्न सक्नुपर्छ, कुनै व्यक्ति विशेषको कुरालाई लिएर निर्णय गर्नुहुँदैन । संस्थागत निर्णय नै हुनुपर्दछ भन्ने मेरो ईच्छा हो । विगतमा कयौं पटक अवसर आउँदा पनि त कांग्रेस सत्तामा गएन । त्यो पनि जानकारी नै होला । एक पटक ईतिहास पल्टाएर हेर्नु होला । २०६४ को संविधानसभा निर्वाचनलाई नै हेर्नुस न र यो पटकको भन्दा पनि धेरै निर्वाचन क्षेत्रमा पराजित भएको थियो ।

 

पार्टी जतिसुकै सानो भए पनि कांग्रेसले कहिल्यै पनि संविधानसभा विघटनको कुरा उठाएन । त्यो समयमा नेकपा माओवादी र मधेसवादी दलहरू ठूलो संख्यामा थिए । हामी सानो संख्यामा भएपनि यसलाई सिद्धान्तबाट अलग राखेर, व्यक्तिगत स्वार्थ हेरेनौ । कुनै व्यक्ति खराब हुन सक्छ, तर पार्टी खराब हुन सक्दैन   । यो पार्टी जनताको अधिकारका लागि संघर्ष गर्न जन्मेको देशभक्त पार्टी हो । कांग्रेस पार्टी लोकतन्त्रका लागि निरन्तर संघर्षमा उभिएको पार्टी हो । अवको राजनीति निकास के हुन्छ र संसद पुनस्थापना वा निर्वाचन  मा  मैले पहिले पनि भनिसकेको छु । संसद विघटन गर्नु गैरसंवैधानिको हो । अवको विकल्प भनेको न्यायलयको निर्णय हो ।


हामी सबैको विश्वास न्यायलयतर्फ सोझिएको छ न्यायलयको भूमिका सकारात्मक भयो भने मुलुकले सहि ट्रयाकमा लाग्ने छ भने समाननीय प्रधानमन्त्री ओली ज्यूले आफनो सत्ताको दुरुपयोग गरेर जुन देशलाई अराजक तर्फ लैजाने चेष्टा गर्नु भयो  उहाँलाई पनि सहि ठाँउमा ल्याउने छ । न्यायलयवाट असंवैधानिक कदमलाई सच्याउन भूमिका हुन्छ भन्ने अपेक्षा छ ।

 

तपाई एउटा नेविसंघको सक्रिय नेता पनि हुनुहुन्छ र तपाईको भुमिका के छ  भन्ने यन यस को प्रस्न मा उनले भने ,

पार्टिका हरेक गतिविधिहरुमा नेविसंघले सक्रिय भुमिका खेल्दै आएको छ ।सडकदेखि सदनसम्म नेविसंघले खवरदारी गर्ने काम गरेको छ । कम्यूनिष्ट सरकार वाट भएका नकारात्मक गतिविधिहरुलाई विरोध गर्ने देखि खवरदारी गर्दै आएको छ । म के स्पष्ट पार्न चाहन्छु भने देशका भैष्टचारीहरुलाई पदबाट मात्र होईन् देशबाट नै निकाला गर्न सक्ने सामर्थ भएको नेपाल विद्यार्थी संघ हो ।

                                                                 

                                                                                           

 

                                                                                   

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्