banner

ताजा समाचार

भोलिदेखि सार्वजनिक सवारी जोरबिजोरमा चल्ने, डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खुल्ने

काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ । भोलिदेखि नै काठमाडौंमा सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि निश्चित समय खुल्ने भएका छन् ।
डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बिहान ११ बजेसम्म र दिउँसो ४ बजेपछि सञ्चालन गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा भोलिदेखि १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन जोरबिजोरमा सञ्चालन हुनेछन् । निजी सवारी साधनमा पनि जोरबिजोर लागू गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले मेला, महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्