banner

ताजा समाचार

भोलि बिहान ४ देखि राति १० बजेसम्म ललितपुरको सहरी क्षेत्रमा कर्फ्यू

काठमाडौँ, १८ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पुर्‍याउने गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको हो । बिहीबार पुल्चोकमा अनुमतिबिना जात्रा अगाडि बढाएपछि प्रहरी र जात्रामा सहभागीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका थिए ।
स्थिति हेरेर शुक्रबारदेखि जारी गर्न लागिएको कर्फ्यूलाई समेत बढाउन सकिने प्रजिअ भट्टले बताए । स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जनस्वास्थ्य लगायतमा असर पुग्न सक्ने गतिविधि भएमा/देखिएमा प्रजिअले निषेधाज्ञा, कर्फ्यू वा दंगाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्