banner

ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दै, संसद बैठकको सिफारिश होला त ?

1 75 total views, 1 2 views today

यनयस मिडिया 

फागुन१४ काठमाडौं, । आज मन्त्रिपरिषद बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठकले संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्न सक्ने बुझिएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेर १३ दिनभित्र बैठक डाक्न समेत भनेको छ । ११ फागुनमा फैसला भएको ४ दिन भइसकेकाले अबको ९ दिनभित्र संसद बैठक डाक्नुपर्ने हुन्छ ।

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । उनले प्रतिनिधि सभा पुनःस्थापनको अदालतको फैसलापछि पहिलोपटक भण्डारीसँग शितलनिवास पुगेर छलफल गरेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा पनि ओलीले प्रतिनिधि सभा बैठक आव्हान गर्नेबारे छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री ओली आफूले चालेको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि राजीनामाको दबाबमा छन् । तर, उनले संसदको सामना गर्ने बताएर राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।

 

                                                       ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्