banner

आर्थिक

मलेसियामा अलपत्र ५५ नेपाली कामदारहरुलाई हार्भेष्टमुन ट्राभलको निःशुल्क टिकट

काठमाडौं । कोरानो भाईरस कोभिड–१९ ले अहिले विश्वमा नै महामारी फैलिएको अवस्था छ । यसैबीच मलेसियास्थित अलपत्र तथा विभिन्न समस्या परेका नेपाली श्रमिकलाई हार्भेष्टमुन ट्राभल एण्ड टुर्स प्रा.लि.ले स्वदेश फर्कनका लागि निःशुल्क हवाई टिकट उपलब्ध गराएको छ ।
मलेसियाको जेल र डिटेन्सन केन्द्रहरुमा रहेका ५५ जना नेपालीहरुलाई घर फर्कन हार्भेष्टमुन ट्राभल एण्ड टूर्सले हवाई टिकट उपलब्ध गराएको हो ।
पैसा नभएर वा समस्यामा परेर स्वदेश फर्कन नसकेका नेपालीलाई सरकारले निशुल्क फर्काउने निर्णय गर्दासम्म कार्यन्वयनमा नआएपछि हार्भेष्टमुनले हवाई टिकट उपलब्ध गराएको संचालक राम श्रेष्ठले जानकारी दिए ।
मलेसियास्थित नेपाली राजदूतावासका अनुसार हालसम्म १२६ जना नेपालीहरु नागरिकहरु नेपाल फर्किसकेको र थप ७५ जना नेपाली नागरिकहरु नेपाल फर्कन लागेको हो ।
ती मध्ये ५५ जनालाई हार्भेस्ट ट्राभलले सामाजिक उतरदायित्व अन्तर्गत हवाई टिकट निःशुल्क उपलब्ध गराएको हो । सरकारले तोकेको चार्टर्ड हवाई भाडादर अनुसार ५५ जनाको टिकटको मुल्य २५ लाख रुपैयाँ बाराबर हुने ट्राभलले जनाएको छ ।
समस्यामा परेका श्रमिकलाई विगतमा पनि सहयोग गर्दै आएको हार्भेष्टमुन ट्राभल नेपालको उत्कृष्ट ट्राभल्स मध्ये एक हो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्