banner

साहित्य

मानब अनि प्रेम जगत यक फरक जीवन कथा अन्धोप्रेम खडक बिस्वक्रमा

1 204 total views, 1 1 views today

महाभारतका बहुचर्चित पात्र धृतराष्ट्र जन्मले मात्र अन्धा थिएनन् कर्मले पनि अन्धा थिए तर लालबहादुर जन्मले अन्धा भएपनि कर्मले भने अन्धा थिएनन्।उनलाई नेत्रदेवले ठगेपनि स्वरकि देविले भने सदैव माया गरिरहिन्।प्रकृतिले कसैलाई पनि पुर्ण बनाएको छैन त्यसैले मान्छेहरु पुर्ण इश्वरको परिकल्पना गर्छन् ।अाफ्नो मनमा।पुर्णलाइ पुजा गरेपछि पुर्ण नै भइन्छ कि भनेर।लालबहादुलाइ प्रकृतिले पुर्ण त बनाएन तर अपुर्ण पनि बनाएन।प्रकृतिको लिला पनि बडो गजबको छ।कृष्णलिला बुझ्नेहरु पनि विराट प्रकृतिको लिला बुझ्न सक्दैनन् होला।प्राकृतिकरुपले नै हरेक व्यक्तिले अाफुभित्र एउटा न एउटा विशेष प्रतिभा धारण गरेको हुन्छ।अाफुभित्रको प्रतिभालाई समयमै चिन्नुलाइ नै मानिसको जिवनको सबैभन्दा ठूलो चुनौती र सफलता दुवै मान्न सकिन्छ।
लालबहादुरले बाहिरी संसार कैलै देखेनन् तर भित्रि संसारमा भने पुरै सयर गरेका थिए।उनी सानैदेखि गित गाउन सारै सिपालु थिए।मान्छेहरु उनलाई गित गाउन लगाएर बडो अानन्दले सुन्ने गर्थे ।कत्तिले पैसा दिन्थे।कत्तिले सान्त्वना दिन्थे।कत्तिले हौसला दिन्थे।कत्तिले तारिफ मात्रै। तर अवसर भने कसैले दिएन।अभावै अभावले भरिएको जिन्दगीमा जसले जे दिएपनि धेरै नै लाग्ने रैछ।टुहुरो त्यसमाथि अाँखा नदेख्ने भाइलाई दिदिले पनि कत्ति दिन पाल्न सक्लिन् र।लालबहादुर अाफु जनतन लौरो टेकेर बाटो चिन्न सक्ने भएपछि एकदिन कसैलाई भन्दै नभनि भागेर कोहलपुर गएछ।दिदिको घरमा सधैको टोकसो सुनेर बस्नुभन्दा भागेर अन्त कतै जानू नै उसले बुद्दिमानि ठान्यो।दिदिले माया गर्दागर्दै पनि लालबहादुर भने अाफ्नि दिदिको लागि बोझ बनेर बस्न चाहेन।मान्छे जहाँ अाफ्नो कदर हुदैन।अपमान हुन्छ।बोझ हुन्छ। त्यहाँ कदापि बस्न रुचाउदैन।बुढापाकाहरु भन्छन् भाग्यको डोरिले तानेर जताजता लान्छ त्यतै त्यतै जानुपर्छ।अाँखा हुनेहरु पनि अाँखा नहुनेहरु पनि।वास्तवमा भन्ने हो भने अाँखा नहुनेहरु भन्दा अाँखा हुनेहरु बढी दुखि छन् यो संसारमा।अाँखा नहुनेहरु होसमा हिड्छन् कतै ठोकिदैनन्।अाँखा हुनेहरु बेहोसमा हिड्छन् ।जताततै ठोकिन्छन।छिनछिनमा ठोकिन्छन्।वृक्षको छहारिले चाहेर पनि यात्रिसँग अाफ्नो यात्रा तय गर्न सक्दैन।यात्रि त निरन्तर अाफ्नो यात्रामा लम्किरहन्छ।
लालबहादुरको अाफ्नि दिदिसँगको यात्रा पनि यत्तिसम्म नै सिमित भयो। लालबहादुरले अाफ्नो जिवनको रथलाई जनतन घिसारेर अैले कोहलपुर बसपार्कमा ल्याएर पार्किङ गरेको छ।सानो छँदा मान्छेहरुले उसलाई गित गाउन लगाएर पैसा दिएको कत्ति घटनाहरु उसको स्मृतिमा ताजा थियो।लालबहादुरले अब कोहलपुरबाट सुर्खेत जाने गाडिहरुमा गित गाएर जीवन धान्ने मेलो अपनाउन थाल्यो।उसको गित सुनेर कत्ति धरधर रुन्थे।कत्ति भावुक भएर सुन्थे।कत्ति दयाको नजर देखाउँथे। कठै भन्ने त दुनियाँमा धेरै हुन्छन् तर मनको कुरा बुझिदिने कमै हुन्छन्।कत्तिले त हेपेर अन्धो पनि भन्थे।इश्वरले हेपेको मान्छेलाई अरुको हेपाइ केही लाग्दो रैन्छ।घृणा र तिरस्काले लालबहादुरलाई झन बहादुर बनाउदै लग्यो।घृणालाइ नजानि प्रेमको के महत्त्व।दुखलाइ नजानि सुखको के महत्त्व।जिवनमा केही कुरा गुमेपछि मात्र नै त्यसको महत्त्व था हुने रैछ।त्यसै नभनिएको रैछ ,
उम्केको माछा ठुलो।लालबहादुरका अाफ्ना जिवनका चारवटा वर्षहरु यसरी गाडिहरुमा गित गाएर नै बिते।एकपटक सुर्खेतवाट गुल्मी जाने गाडिमा गित गाउन भनी पसेको लालबहादुर निन्द्रा देवीको वसमा परेर गुल्मी नै पुगेछन्।गुल्मी अाइसक्यो।सबैजना अोर्लनुहोस्।खलासिको चर्को अावाजले लालबहादुर एक निमेष झसक्किए तर उनले यसलाई पनि सामान्य रुपमै लिए।यो घटना पहिलोपटक होइन ।पटकपटक घटिसकेको थियो।तर यसपालि भने समयले अलि टाढा पुर्याएर अड्डाएको थियो लालबहादुरलाइ।पक्कै पनि यो इश्वरको केहि सङकेत हुनुपर्छ मेरा लागि लालबहादुरले मनमनै सोच्यो।तर सङकेत नबुझीकनै भोलिपल्ट कोहलपुर फर्कियो।अाफ्नो माइतिघरमा। जीवन सामान्य रुपमा चलिनै रहेको थियो लालबहादुरको।गित गाएरै उसले बस्नलाई सानो झुपडी तयार गरेको थियो।खाना भने उसले होटलमै खाने गरथ्यो।उसका गितहरु अात्माको गहिराइबाट निस्कने गर्थे।’ जिन्दगीमा नपाइएको धोका पाइयो अाज अाँशु पुछ्दै हिड्नु पर्यो दुनियाको माझ’.. ठग्यो दैवले ..लालबहादुका यस्तै मर्मस्पर्शी गितहरुले धेरैका अाँखा रसाए।लालबहादुरको स्वर जति मिठो थियो शब्द झन शक्तिशाली।सुन्नेहरुको हृदय नै छेडिदिने।’अाएनन् खै रमाउने दिन मर्न पनि सकिन खै किन’..ठग्यो दैवले..संसार विरानो भएपछि साथ दिने भनेको एउटा प्रतिभा रैछ अर्को अाफ्नै छाँया रैछ।लालबहादुर अाफ्ना दुवै साथीहरुसँग घुलमिल भैइसकेको थियो।त्यसैले उ अाफ्नो जिवनदेखि निश्चन्त थियो।जिवनको अौचित्य खुसि हुनुमा छ ,
चाहे परिस्थिति जति सुकै जटिल नै किन नहोस्।खुसिलाइ नै धर्म बनाएपछि मात्र जिवनले सार पाउँछ लालबहादुरलाई उसको जिवनले सिकाएको सबैभन्दा ठुलो पाठ थियो यो ।त्यसैले उ अभावहरुमा पनि अवसरहरुको खोजि गर्थ्यो।?।अाँशुहरुमा पनि खुसिको मुल्य खोजि गर्थ्यो।परिस्थिति जति सुकै कमजोर भएपनि लालबहादुरले अाफ्नो स्वस्थिति भने कहिल्यै कमजोर हुन दिएन।स्वयम् इश्वरले हराउन खोजे पनि लालबहादुरको मनलाई कसैले पनि हराउन सकेन। अाँशु सवैसंग हुन्छ तर ऑशु लुकाउन कसै कसैले मात्र सिकेका हुन्छन् ।लालबहादुर अाफ्ना अाँशुहरु लुकाउन सारै सिपालु थियो ।मानिस हो जिवनमा धेरै घाऊ ,चोट अनि ऑशु नै त हुन्छ। त्यो नै असली जिन्दगी सजाउने गहना हो ।लड्दै नलड्ने त उठ्दै नउठ्ने मुर्दा जस्तै हुन्छ। लालबहादुरलाई यस्ता कुरा राम्ररि थाहा थियो।जीवन कैलेकाहि सामान्य हुँदाहुँदै असामान्य हुदो रैछ र असामान्य हुँदाहुँदै सामान्य हुँदो रैछ।लालबहादुरको जीवनमा पनि एउटा असामान्य घटना घट्यो।जिवनमा जे सोचिन्छ त्यो हुदैन र जे हुन्छ त्यो सोचिएको हुदैन।लालबहादुरको जिवनमा पनि नसोचेको घटना घट्यो।दोस्रोपटक पटक उ

 

सुर्खेतबाट गुल्मी जाने गाडीमा गित गाउन भनेर चढेको थियो।लालबहादुर अाफ्नै धुनमा गित गाइरहेको थियो।एकजना भर्खर कि केटिले उसको हात समातेर भनी।म तपाईसँग बिहे गर्न चाहान्छु।केटि सारै राम्रि थिइ।मिलेका अोठ।लामो केश।बोल्दा गालामा खोपिल्टा पर्ने।डिम्पल पर्ने रैछ। नशालु अाँखा।मधुर बोली।कलकलाउदो शरिर।भर्खर सोर्ह कटेर सत्रमा टेकेकि जस्ती।अचानक अाएको बिहेको प्रस्तावले लालबहादुर तीन छक पर्यो। उसलाई कसैले मजाक गरिरहे जस्तो पनि लायो।अनि अपत्यारिलो अावाजमा भन्यो। तपाईं को हो ? मैले चिनिन त।मलाई चिन्नुभएन?दुईवर्ष अघि सुर्खेतबाट गुल्मी जाने गाडिमा हामी सँगै थियौँ त।लालबहादुरले चिनिहाल्यो।त्यतिवेला त्यो केटीले उसको निकै प्रशंसा गरेकि थिइ।उसको स्वरको।मान्छे अाफुलाइ धेरै माया गर्ने मान्छेलाई चाहेर पनि विर्सन नसक्दो रैछ।उसले पनि बिर्सेको रैन्छ।सबैकुरा अचानक हुदा उसलाइ विश्वास लागेन। श्रीमान् श्रीमतिको सम्बन्ध त विश्वासमा कम शङ्कामा बढि टिकेको हु्न्छ।लालबहादुरको शङ्का जायजै थियो।शङ्काको स्वरमा लालबहादुरले फेरि भन्यो ।तपाईं यो के भनिरहनु भएको छ? म अाँखा देख्तिन। के तपाईलाई यो था छैन?उसले भनि म तपाईंको अाँखालाइ होइन तपाईंलाई प्रेम गर्छु।यो कस्तो अन्धो प्रेम!मेलै तपाईलाई दुई वर्षदेखि खोजिरहेकि थिए गाडिहरुमा।अाज बल्ल फेला पारे।म मन्दिरमा कम गाडिहरुमा धेरै धाए।लगातार दुइ वर्षसम्म।इश्वरले अाज बल्ल मेरो प्रार्थना सुन्यो।म तपाईंसँग विहे गर्न चाहान्छु। प्रेम साच्चिकै अन्धो हुदो रहेछ। धृतराष्ट्र अन्धा भएकाले गान्धारिले पनि अाफ्ना अाँखाहरुमा पट्टि बाधिकि थिइन् रे।प्रेमको कालो पट्टि।यो संवादलाइ गाडिका सबै यात्रिहरुले बडो अचम्म मानेर सुनिरहेका थिए।सबै शान्त भए।यो दृश्य एउटा युवकलाई पचेन। उ जुरुक्क उठेर केटितर्फ लाग्यो ।टक्क अडियो। अनि भन्यो।तिमी यति राम्रि छौ। यो अाँखा नदेख्नेलाइ किन विहे गर्छौ।मसँग विहे गर।मसँग सम्पत्ति पनि प्रशस्त छ।
म अाँखा पनि देख्छु।बैङ्कमा म्यानेजरको नोकरी छ मेरो।तिमिलाइ कत्ति पनि दुख हुदैन।वेकारमा किन यो अन्धोसँग विहे गरेर अाफ्नो जवानिलाइ खेर फाल्छौ? किन अाफ्नो पुरै जिवनलाइ खेर फाल्छौ? केटाको कुरा सुनेर गाडिभित्र खलबलि मच्चियो।अब के हुन्छ होला भनेर।कत्तिले केटाले भनेको कुरालाई जायज पनि माने मनमनै। तर कोहि पनि केही बोल्न नपाउदै केटिले त्यो केटालाई जवाफ दिई हालि।मैले सम्पत्तिसँग प्रेम गरेकि भए दुइवर्षसम्म यसरी गाडिहरुमा भौतारिने थिइन।तिमिभन्दा बढि सम्पत्ति भएका धेरै देखेकी छु मैले।तिमी जस्तो अाँखा भएका पनि धेरै देखेकि छु मैले।तिमी जस्तो नोकरी खाने पनि धेरै देखेकि छु मैले।तर तिमि जस्तो अन्धो चाहिँ पहिलोपल्ट देखे।केटिको यस्तो जवाफले केटाको शिर लाजले निहुरियो।गाडिभित्र तालिको गड्गडाट सुनियो।सबैजनाले नवजोडिलाइ शुभकामना र अाशिर्वाद दिए।लालबहादुरको जिवनमा नयाँ प्रकाशको उदय भयो ।
कथा = अन्धाे प्रेम महाभारतका बहुचर्चित पात्र धृतराष्ट्र जन्मले मात्र अन्धा थिएनन् कर्मले पनि अन्धा थिए तर लालबहादुर जन्मले अन्धा भएपनि कर्मले भने अन्धा थिएनन्।उनलाई नेत्रदेवले ठगेपनि स्वरकि देविले भने सदैव माया गरिरहिन्।प्रकृतिले कसैलाई पनि पुर्ण बनाएको छैन त्यसैले मान्छेहरु पुर्ण इश्वरको परिकल्पना गर्छन् ।अाफ्नो मनमा।पुर्णलाइ पुजा गरेपछि पुर्ण नै भइन्छ कि भनेर।लालबहादुलाइ प्रकृतिले पुर्ण त बनाएन तर अपुर्ण पनि बनाएन।प्रकृतिको लिला पनि बडो गजबको छ।कृष्णलिला बुझ्नेहरु पनि विराट प्रकृतिको लिला बुझ्न सक्दैनन् होला।प्राकृतिकरुपले नै हरेक व्यक्तिले अाफुभित्र एउटा न एउटा विशेष प्रतिभा धारण गरेको हुन्छ।
अाफुभित्रको प्रतिभालाई समयमै चिन्नुलाइ नै मानिसको जिवनको सबैभन्दा ठूलो चुनौती र सफलता दुवै मान्न सकिन्छ।लालबहादुरले बाहिरी संसार कैलै देखेनन् तर भित्रि संसारमा भने पुरै सयर गरेका थिए।उनी सानैदेखि गित गाउन सारै सिपालु थिए।मान्छेहरु उनलाई गित गाउन लगाएर बडो अानन्दले सुन्ने गर्थे ।कत्तिले पैसा दिन्थे।कत्तिले सान्त्वना दिन्थे।कत्तिले हौसला दिन्थे।कत्तिले तारिफ मात्रै। तर अवसर भने कसैले दिएन।अभावै अभावले भरिएको जिन्दगीमा जसले जे दिएपनि धेरै नै लाग्ने रैछ।टुहुरो त्यसमाथि अाँखा नदेख्ने भाइलाई दिदिले पनि कत्ति दिन पाल्न सक्लिन् र।लालबहादुर अाफु जनतन लौरो टेकेर बाटो चिन्न सक्ने भएपछि एकदिन कसैलाई भन्दै नभनि भागेर कोहलपुर गएछ।दिदिको घरमा सधैको टोकसो सुनेर बस्नुभन्दा भागेर अन्त कतै जानू नै उसले बुद्दिमानि ठान्यो।दिदिले माया गर्दागर्दै पनि लालबहादुर भने अाफ्नि दिदिको लागि बोझ बनेर बस्न चाहेन।मान्छे जहाँ अाफ्नो कदर हुदैन।अपमान हुन्छ।बोझ हुन्छ। त्यहाँ कदापि बस्न रुचाउदैन।बुढापाकाहरु भन्छन् भाग्यको डोरिले तानेर जताजता लान्छ त्यतै त्यतै जानुपर्छ।अाँखा हुनेहरु पनि अाँखा नहुनेहरु पनि।वास्तवमा भन्ने हो भने अाँखा नहुनेहरु भन्दा अाँखा हुनेहरु बढी दुखि छन् यो संसारमा।अाँखा नहुनेहरु होसमा हिड्छन् कतै ठोकिदैनन्।अाँखा हुनेहरु बेहोसमा हिड्छन् ।जताततै ठोकिन्छन।
छिनछिनमा ठोकिन्छन्।वृक्षको छहारिले चाहेर पनि यात्रिसँग अाफ्नो यात्रा तय गर्न सक्दैन।यात्रि त निरन्तर अाफ्नो यात्रामा लम्किरहन्छ। लालबहादुरको अाफ्नि दिदिसँगको यात्रा पनि यत्तिसम्म नै सिमित भयो। लालबहादुरले अाफ्नो जिवनको रथलाई जनतन घिसारेर अैले कोहलपुर बसपार्कमा ल्याएर पार्किङ गरेको छ।सानो छँदा मान्छेहरुले उसलाई गित गाउन लगाएर पैसा दिएको कत्ति घटनाहरु उसको स्मृतिमा ताजा थियो।लालबहादुरले अब कोहलपुरबाट सुर्खेत जाने गाडिहरुमा गित गाएर जीवन धान्ने मेलो अपनाउन थाल्यो।उसको गित सुनेर कत्ति धरधर रुन्थे।कत्ति भावुक भएर सुन्थे।कत्ति दयाको नजर देखाउँथे। कठै भन्ने त दुनियाँमा धेरै हुन्छन् तर मनको कुरा बुझिदिने कमै हुन्छन्।कत्तिले त हेपेर अन्धो पनि भन्थे।इश्वरले हेपेको मान्छेलाई अरुको हेपाइ केही लाग्दो रैन्छ।घृणा र तिरस्काले लालबहादुरलाई झन बहादुर बनाउदै लग्यो।घृणालाइ नजानि प्रेमको के महत्त्व।दुखलाइ नजानि सुखको के महत्त्व।जिवनमा केही कुरा गुमेपछि मात्र नै त्यसको महत्त्व था हुने रैछ।
त्यसै नभनिएको रैछ उम्केको माछा ठुलो।लालबहादुरका अाफ्ना जिवनका चारवटा वर्षहरु यसरी गाडिहरुमा गित गाएर नै बिते।एकपटक सुर्खेतवाट गुल्मी जाने गाडिमा गित गाउन भनी पसेको लालबहादुर निन्द्रा देवीको वसमा परेर गुल्मी नै पुगेछन्।गुल्मी अाइसक्यो।सबैजना अोर्लनुहोस्।खलासिको चर्को अावाजले लालबहादुर एक निमेष झसक्किए तर उनले यसलाई पनि सामान्य रुपमै लिए।यो घटना पहिलोपटक होइन ।पटकपटक घटिसकेको थियो।तर यसपालि भने समयले अलि टाढा पुर्याएर अड्डाएको थियो लालबहादुरलाइ।पक्कै पनि यो इश्वरको केहि सङकेत हुनुपर्छ मेरा लागि लालबहादुरले मनमनै सोच्यो।तर सङकेत नबुझीकनै भोलिपल्ट कोहलपुर फर्कियो।अाफ्नो माइतिघरमा। जीवन सामान्य रुपमा चलिनै रहेको थियो लालबहादुरको।गित गाएरै उसले बस्नलाई सानो झुपडी तयार गरेको थियो।खाना भने उसले होटलमै खाने गरथ्यो।उसका गितहरु अात्माको गहिराइबाट निस्कने गर्थे।’
जिन्दगीमा नपाइएको धोका पाइयो अाज अाँशु पुछ्दै हिड्नु पर्यो दुनियाको माझ’.. ठग्यो दैवले ..लालबहादुका यस्तै मर्मस्पर्शी गितहरुले धेरैका अाँखा रसाए।लालबहादुरको स्वर जति मिठो थियो शब्द झन शक्तिशाली।सुन्नेहरुको हृदय नै छेडिदिने।’अाएनन् खै रमाउने दिन मर्न पनि सकिन खै किन’..ठग्यो दैवले..संसार विरानो भएपछि साथ दिने भनेको एउटा प्रतिभा रैछ अर्को अाफ्नै छाँया रैछ।लालबहादुर अाफ्ना दुवै साथीहरुसँग घुलमिल भैइसकेको थियो।त्यसैले उ अाफ्नो जिवनदेखि निश्चन्त थियो।जिवनको अौचित्य खुसि हुनुमा छ चाहे परिस्थिति जति सुकै जटिल नै किन नहोस्।खुसिलाइ नै धर्म बनाएपछि मात्र जिवनले सार पाउँछ लालबहादुरलाई उसको जिवनले सिकाएको सबैभन्दा ठुलो पाठ थियो यो ।त्यसैले उ अभावहरुमा पनि अवसरहरुको खोजि गर्थ्यो।
।अाँशुहरुमा पनि खुसिको मुल्य खोजि गर्थ्यो।परिस्थिति जति सुकै कमजोर भएपनि लालबहादुरले अाफ्नो स्वस्थिति भने कहिल्यै कमजोर हुन दिएन।स्वयम् इश्वरले हराउन खोजे पनि लालबहादुरको मनलाई कसैले पनि हराउन सकेन। अाँशु सवैसंग हुन्छ तर ऑशु लुकाउन कसै कसैले मात्र सिकेका हुन्छन् ।लालबहादुर अाफ्ना अाँशुहरु लुकाउन सारै सिपालु थियो ।मानिस हो जिवनमा धेरै घाऊ ,चोट अनि ऑशु नै त हुन्छ। त्यो नै असली जिन्दगी सजाउने गहना हो ।लड्दै नलड्ने त उठ्दै नउठ्ने मुर्दा जस्तै हुन्छ। लालबहादुरलाई यस्ता कुरा राम्ररि थाहा थियो।जीवन कैलेकाहि सामान्य हुँदाहुँदै असामान्य हुदो रैछ र असामान्य हुँदाहुँदै सामान्य हुँदो रैछ।लालबहादुरको जीवनमा पनि एउटा असामान्य घटना घट्यो।जिवनमा जे सोचिन्छ त्यो हुदैन र जे हुन्छ त्यो सोचिएको हुदैन।लालबहादुरको जिवनमा पनि नसोचेको घटना घट्यो।दोस्रोपटक पटक उ सुर्खेतबाट गुल्मी जाने गाडीमा गित गाउन भनेर चढेको थियो।लालबहादुर अाफ्नै धुनमा गित गाइरहेको थियो।एकजना भर्खर कि केटिले उसको हात समातेर भनी।म तपाईसँग बिहे गर्न चाहान्छु।केटि सारै
राम्रि थिइ।मिलेका अोठ।लामो केश।बोल्दा गालामा खोपिल्टा पर्ने।डिम्पल पर्ने रैछ। नशालु अाँखा।मधुर बोली।कलकलाउदो शरिर।भर्खर सोर्ह कटेर सत्रमा टेकेकि जस्ती।अचानक अाएको बिहेको प्रस्तावले लालबहादुर तीन छक पर्यो। उसलाई कसैले मजाक गरिरहे जस्तो पनि लायो।अनि अपत्यारिलो अावाजमा भन्यो। तपाईं को हो ? मैले चिनिन त।मलाई चिन्नुभएन?दुईवर्ष अघि सुर्खेतबाट गुल्मी जाने गाडिमा हामी सँगै थियौँ त।लालबहादुरले चिनिहाल्यो।त्यतिवेला त्यो केटीले उसको निकै प्रशंसा गरेकि थिइ।उसको स्वरको।मान्छे अाफुलाइ धेरै माया गर्ने मान्छेलाई चाहेर पनि विर्सन नसक्दो रैछ।उसले पनि बिर्सेको रैन्छ।सबैकुरा अचानक हुदा उसलाइ विश्वास लागेन। श्रीमान् श्रीमतिको सम्बन्ध त विश्वासमा कम शङ्कामा बढि टिकेको हु्न्छ।लालबहादुरको शङ्का जायजै थियो।शङ्काको स्वरमा लालबहादुरले फेरि भन्यो ।तपाईं यो के भनिरहनु भएको छ? म अाँखा देख्तिन। के तपाईलाई यो था छैन?उसले भनि म तपाईंको अाँखालाइ होइन तपाईंलाई प्रेम गर्छु।यो कस्तो अन्धो प्रेम!मेलै तपाईलाई दुई वर्षदेखि खोजिरहेकि थिए गाडिहरुमा।अाज बल्ल फेला पारे।म मन्दिरमा कम गाडिहरुमा धेरै धाए।लगातार दुइ वर्षसम्म।इश्वरले अाज बल्ल मेरो प्रार्थना सुन्यो।म तपाईंसँग विहे गर्न चाहान्छु। प्रेम साच्चिकै अन्धो हुदो रहेछ। धृतराष्ट्र अन्धा भएकाले गान्धारिले पनि अाफ्ना अाँखाहरुमा पट्टि बाधिकि थिइन् रे।प्रेमको कालो पट्टि।यो संवादलाइ गाडिका सबै यात्रिहरुले बडो अचम्म मानेर सुनिरहेका थिए।सबै शान्त भए।यो दृश्य एउटा युवकलाई पचेन। उ जुरुक्क उठेर केटितर्फ लाग्यो ।टक्क अडियो। अनि भन्यो।तिमी यति राम्रि छौ। यो अाँखा नदेख्नेलाइ किन विहे गर्छौ।मसँग विहे गर।मसँग सम्पत्ति पनि प्रशस्त छ।म अाँखा पनि देख्छु।बैङ्कमा म्यानेजरको नोकरी छ मेरो।तिमिलाइ कत्ति पनि दुख हुदैन।वेकारमा किन यो अन्धोसँग विहे गरेर अाफ्नो जवानिलाइ खेर फाल्छौ? किन अाफ्नो पुरै जिवनलाइ खेर फाल्छौ? केटाको कुरा सुनेर गाडिभित्र खलबलि मच्चियो।अब के हुन्छ होला भनेर।कत्तिले केटाले भनेको कुरालाई जायज पनि माने मनमनै। तर कोहि पनि केही बोल्न नपाउदै केटिले त्यो केटालाई जवाफ दिई हालि।मैले सम्पत्तिसँग प्रेम गरेकि भए दुइवर्षसम्म यसरी गाडिहरुमा भौतारिने थिइन।तिमिभन्दा बढि सम्पत्ति भएका धेरै देखेकी छु मैले।तिमी जस्तो अाँखा भएका पनि धेरै देखेकि छु मैले।तिमी जस्तो नोकरी खाने पनि धेरै देखेकि छु मैले।तर तिमि जस्तो अन्धो चाहिँ पहिलोपल्ट देखे।केटिको यस्तो जवाफले केटाको शिर लाजले निहुरियो।गाडिभित्र तालिको गड्गडाट सुनियो।सबैजनाले नवजोडिलाइ शुभकामना र अाशिर्वाद दिए।लालबहादुरको जिवनमा नयाँ प्रकाशको उदय भयो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्