banner

मनोरन्जन

मानुषीमाथि यशराज ब्यानरको महंगो लगानी

पूर्व मिस वर्ल्ड मानुषी चिल्लर नायक अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज चौहान’मा काम गरिरहेकी थिइन् । चलचित्रको ६० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । तर, भारतमा जारी लकडाउनका कारण चलचित्रको छायांकन पुरा हुन पाएन । चलचित्रको बाँकी सुटिङका लागि नायक अक्षय कुमारले अक्टुबर महिनामा समय दिएका छन् ।

यो चलचित्रको छायांकन नै पुरा नभएको अवस्था यशराज ब्यानरले मानुषीलाई लिएर नयाँ चलचित्र बनाउने भएको छ । मानुषीले अब नायक विक्की कौशलको साथमा पर्दा शेयर गर्नेछिन् ।

कमेडी जनराको चलचित्रमा विक्कीसँग काम गर्न पाउँदा मानुषी पनि खुशी छिन् । १८ नोभेम्बरमा अक्षयसँगको चलचित्र साइन गरेकी मानुषीले १८ अगष्टमा विक्कीसँगको चलचित्र साइन गरेकी हुन् । उनी, ३ बर्ष पहिले १८ नोभेम्बरमा मिस वर्ल्ड भएकी थिइन् ।

भारतीय मिडियाका अनुसार, मानुषीले यो चलचित्रका लागि पनि अडिसन दिएकी थिइन् । २ चलचित्रमा मानुषीमाथि लगानी गरेको यशराज ब्यानर उनीबाट ठूलो अपेक्षा गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्