banner

कणाली प्रदेश

माहिलाको आत्म रक्षाको लागि बिप्लप निकट अखिल (क्रान्तिकारी ) सुरखेतले बुजायो ज्ञापनपत्र ।

1 114 total views, 1 1 views today

फागुन १६ सुर्खेत :बिप्लप निकट अखिल ( क्रान्तिकारी ) सुर्खेत ले आज बिरेन्द्रनगर नगरपालिकामा ज्ञापन पात्र बुझएको छ। उक्त नगर कार्यालयमा फागुन १६ आईतवार दिउँसो ३:३४मा जादा नगर प्रमुख र उप-प्रमुख नभेटेपछि शिक्षा साखा प्रमुखलाई माग पत्र बुझाइएको हो ।

मागपत्रमा राष्ट्रियता , जनतन्त्र एबम जनजिबिका र शैक्षिक रुपान्तरणका निम्ति निरन्तर संघर्षरत छ । संसदिय व्यवस्थामा उत्पन्न पछिल्लो सङ्कट अर्थात संसद विघटन र पुनः स्थापना सम्म आउदा जनताको निमित्त न हर्ष न बिष्मातको अवस्था छ । राष्ट्र एकपछि अर्को सङ्कटको भुमरीमा भासिदै गएको छ ।जनताको जिबन दिनानुदिन सङ्कट र असन्तुष्ट बन्दै गइरहेको छ । राज्यको जवाफदेहीता सुन्यप्राय छ । 

आज बर्गिय ,क्षेत्रीय , जातिय , लिङ्गिय , धार्मिक तथा साम्प्रदायिक उत्पिडनले देश आक्रान्त बनिरहेको छ । महिला हिंसा ,बलात्कार , हत्याले सिमा नाघेको अवस्था छ । महिला माथिको निरन्तरको लिङ्गिय उत्पिडनका कारण महिला हक अधिकार र सशक्तीकरणको पक्ष कमजोर बनिरहेको कुरा स्पष्ट नै छ । यति मात्रै होइन आज नागरिकको वैयक्तिक स्वतन्त्रता र सुरक्षा सामाजिक सुरक्षा ,सामाजिक न्याय र न्यायिक स्वतन्त्रताको सवाल माथि गम्भीर प्रश्न खडा भएको छ । समग्रमा राज्यको भुमिका नै निष्प्रभावी छ ।

महिला माथिको घरेलु हिंसा , जबर्जस्ती करणी , बलात्कार र हत्याको प्रतिरोध गर्न स्वयं महिलाहरु पनि सशक्त हुनुपर्ने मान्यता सहित महिलाहरुका निम्ति आत्मसुरक्षा एबम प्रतिरोध तालीमको प्रदान गर्न जरुरी भएको र यस किसिमका अमानवीय क्रियाकलापको प्रतिरोधका लागि यस पालिका अन्तरगतका सबै स्कुलहरुमा छात्राहरुलाई आत्मसुरक्षा सम्बन्धि तालीमको अनिवार्य व्यवस्थाका साथै हरेक टोल टोलमा महिलाहरुलाइ आत्मसुरक्षा सम्बन्धि सचेतना सहितको तालिम सन्चालन गर्न मागको लागि उक्त ज्ञापन पत्र पेस गरेको सुर्जिल्लासंयोजक तुलराज तिरुवा बताउनभयो ।     

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्