banner

समाचार

मृगौला पिडित कालिमायालाई रुबिभ्याली प्रमुख र उप–प्रमुखको आर्थिक सहयोग

काठमाडौं । दुवै मृगौला फेल भएर उपचाररत रहेकी कालिमाया तामाङलाई धादिङ रुबिभ्याली गाउपालिका प्रमुख चेरुङ तामाङ र उपप्रमुख बिना लामाले ब्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छ्न ।
धादिङ रुबीभ्याली गाउँपालिका–२ की ४० बर्षीय कालिमाया तामाङ तीन महिनादेखि मृगौला रोगले पीडित भएर घरमा थलिएकी छिन् । गाउँपालिका जनप्रतिनिधि द्वयले उनको जीवन रक्षार्थ गाउँपालिकाबाट हुनसक्ने सबै खाले सहयोगहरु कुनै कसुर नराखी पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
पिडित तामाङको मृगौला प्रत्यारोपण गर्नुपर्ने तर आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा थप पिडित बनेकी छन उनलाई देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुले सक्दो सहयोग गरिदिन पनि अपिल गरेका छन ।
पैसाको अभावका कारण रोग पालेर बस्नु परेको पीडित तामाङले मलिन स्वरमा भनिन् । सबैको साथ र सहयोग भएको खण्डमा सञ्चो हुने आशा जिवितै रहेको उनी बताउँछन् ।
दुवै मृगौलाले काम गर्न छाडेपछि तामाङ सहयोगी हातको खोजीमा छिन् । आर्थिक सहयोग गर्न ईच्छुकहरुले पिडितका श्रीमान खर्पा घलेको फोन न.९८६९१०५६६२ मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ ।

तस्बिर : मुग्लानि खबर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्