banner

खेलकुद

युएस ओपन : शानदार पुनरागमनसहित डोमिनिक थिएमले जिते उपाधि

२९ भदौ, काठमाडौं । अष्ट्रियन खेलाडी डोमिनिक थिएमले करियरको पहिलो ग्राण्डसलाम टेनिस उपाधि जितेका छन् । युएस ओपन २०२० को फाइनलमा जर्मनीका अलेक्जान्डर जेभरेभविरुद्ध पुनरागमन जित हात पार्दै थिएमले उपाधि जितेका हुन् ।

दुई सेटले पछि परेको अवस्थामा थिएमले शानदार पुनरागमन गरे । २७ वर्षीय थिएमले यसअघि ३ वटा ग्राण्डसलाम फाइनलमा हार व्यहोरेका थिए । उता पहिलो पटक ग्राण्डसलाम फाइनल खेलेका २३ वर्षीय जेभरेभ भने उपाधिको नजिक पुगेर पनि च

न्यूयोर्कमा भएको फाइनलको पहिलो दुई सेट जेभरेभले ६-२, ६-४ ले जितेका थिए । तर त्यसपछि थिएमले शानदार पुनरागमन गरे । उनले त्यसपछिका सेट क्रमश: ६-४, ६-३ , ७-६ (८-६) ले आफ्नो पक्षमा पारे ।

खेलपछि थिएमले दुवै खेलाडी उत्तिकै लायक रहेकोले आफ्नो इच्छा दुवै खेलाडी विजेता बनुन् भन्ने रहेको बताए ।

अर्जेन्टिनी गास्टोन गाउडियोले सन् २००४ मा फ्रेन्च ओपन जितेयता दुई सेटमा पछि परेर फाइनल जित्ने थिएम पहिलो खेलाडी समेत बने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्