banner

खेलकुद

युरोपको सर्वाधिक गोलकर्ता बन्ने रोनाल्डोको सपनामा धक्का

 

युरोपको सर्वाधिक गोलकर्ता बन्ने क्रिस्टियानो रोनाल्डोको सपनामा ठूलो धक्का लागेको छ । रोनाल्डोले गोल गर्न नसक्दा हालै मात्र इटालियन लिग च्याम्पियन बनेको युभेन्टस काग्लियारीसँग २–० गोलअन्तरले पराजित बनेको हो ।हालसम्म ३१ गोल गरेका रोनाल्डोले बुधबार राति भएको खेलमा भने कुनै पनि गोल गर्न सकेनन् । उता, लुका गान्जिलानो र जियोभानी सिमिओनीको गोलको मद्दतले काग्लियारीे विजयी बन्यो ।

युरोपियन गोल्डन बुटको दौडमा रोनाल्डो लाजियोका स्ट्राइकल सिरो इमोबाइलभन्दा चार गोलले पछि रहेका छन् । उनले ३५ औँ गोल गर्दा लाजियो ब्रेसियालाई २–० ले हरायो ।

सिरिए ए मा एक खेल बाँकी रहँदा यो सिजन इमोबाइलले नै गोल्डन बुट जित्ने लगभग पाक्कापक्की बनेको छ । उनले यो सिजन ३४ गोल गरेका बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पनि उछिनिसकेका छन् ।

उनी सिरिए ए को एक सिजनमा गरिएको सर्वाधिक ३६ गोलको कीर्तिमान बराबरी गर्नबाट एक गोल टाढा रहेका छन् । यसअघि नापोलीका लागि गोन्जालो हिग्वाइनले सन् २०१५–१६ सिजनमा ३६ गोल गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्