banner

आर्थिक

यूएईले थप्यो विदेशी श्रमिकको एक महिनाको भिसा

काठमाडौं । यूएईले कोरोना माहमारीका कारण असर परेर स्वदेश फर्किन नपाएका विदेशी श्रमिकलाई थप एक महिनाको भिसा दिएको छ । यसले त्यहाँ कार्यरत रहेर भिसा अवधि सकिएर बसेका नेपाली नागरिकलाई पनि राहत पुगेको छ ।

यूएई सरकारको यो आदेश अगष्ट ११ -आज) देखि लागू हुनेछ । त्यहाँ थुप्रै नेपाली चार्टर्ड फ्लाइटबाट फर्किन नपाएर बसेका छन् ।

यूएईको पहिचान र नागरिकता सम्बन्धी केन्दि्रय प्राधिकरणले भिसा सकिएका नागरिकलाई सहजसँग घर जान दिन यस्तो निर्णय गरिएको बताएको छ ।

यो अवधिमा भिसा थपिएबापत कुनै शुल्क र जरिवाना लाग्ने छैन । निर्धारित समयभित्र वैध दस्तावेज भएकाहरुलाई स्वदेश फर्किन अपिल भने गरिएको छ ।

यूएईबाट अझै १५ देखि २० हजार नेपाली स्वदेश फर्किन पर्ने अवस्थामा रहेको तथ्यांकले देखाउँछ ।

सरकारले सोमबार दिनमा २ सय जनालाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गर्च गर्ने गरी र अरु ३ सय जनालाई दूतावासको सिफारिसमा नेपाल फर्किन दिने गरी सीमा तोकेको छ । यसले कामदारलाई समस्या पर्ने अवस्था आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्