banner

ताजा समाचार

यो कम्युनिस्ट पार्टीको मुल पार्टी मात्र होइन, देशकै मुल पार्टी हो,अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन :ओलि

kp oli

1 101 total views, 1 1 views today

यनयस मिडिया

माघ २३ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताए । जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ प्रधानमन्त्रीले भने, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ ।


संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन गरिरहेको भन्दै उनले भने ‘यसले हाम्रो विकासमा बाधा दिएको छैन । कोभिडमा हाम्रा स्थानीय निकायहरु अत्यन्त प्रभावकारी देखिए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैले कोभिड कालमा राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरे । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष रहेका ओलीले नेपालमा लोकतन्त्रलाई कसैले मास्न नसक्ने बताए ।  सम्बोधनका क्रममा  अध्यक्ष ओलीले आफूहरु नै नेकपाको आधिकारिक भएको दाबी गरे । अहिले पनि कोही अलमलमा छ भने कठैबरा भन्न सकिने बताउँदै उनले भने, ‘यो कम्युनिस्ट पार्टीको मुल पार्टी मात्र होइन, देशकै मुल पार्टी हो ।  प्रधानमन्त्री ओलीले  तीन वर्षमा लगभग ६ हजार किलोमिटर डबल लेन, फोर लेन र सिक्स लेनका बाटो कालोपत्रे गरेको, ४०० भन्दा बढी सडक पुल र त्यति नै झोलुङ्गे पुल बनाएको बताउँदै उनले भने, विद्युत आयोजनाहरु बनाएका छौं सब स्टेशन, स्ट्रान्समिसन लाइनहरु दिनैपच्छे उद्घाटन गरेर हिँडेका छौं । चीनसँग पारवहन र यातायात सन्धि गर्नुका साथै नाकाहरु खोलेको र भारतसँग बन्दरगाहहरु लिएको उनले बताए ।


ओलीले अगाडि भने, पञ्चेश्वर अब बन्नेवाला छ, चाँदनी दोधारामा १० क्युसेक पानी ‘६ महिनाभित्र डीपीआर भएर हेडबक्स सुरु हुन्छ र अर्को सालबाट हामी सिचाइँको प्रबन्ध गर्न सक्छौं । भारतसँग कुरा गरेर सिमानामा बनेका बाँधहरु हटाएको र डुवान समस्या समाधान गरेको उनले दाबी गरे । २० औं वर्षदेखि कुरा मात्र हुने गरेको हुलाकी राजमार्ग लगभग पूरा हुने स्थितिमा पुगेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा रेल ल्याएका छौं, केही दिन नियमितरुपमा सञ्चालन गर्दैछौं । पूर्व–पश्चिम रेलमार्ग बनाउन केही ठाउँमा निर्माण सुरु भएको र केही ठाउँमा अब हुने भन्दै उनले काठमाडौं–रक्सौल रेलमार्गका लागि भारतसँग सम्झौता भएर डीपीआर अन्तिम चरणमा पुगेको बताए । चीनतर्फ रेलमार्गका लागि सहमति भएको भन्दै उनले टोखा–छहरे तथा बेत्रावत्री–स्याफ्रुबेंसी सुरुङमार्ग बनेपछि एक घन्टामा केरुङ पुगिने बताए । केही अघिसम्म सरकारले इतिहासमै नभएको काम गरेको दाबी गरिरहेका ओली जब पार्टीको आन्तरिक विषयमा आए, आफूलाई काम गर्न नै नदिएको बताए । प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड माधव समूहले बिहीबार गरेको आमहड्तालको अलोचना गरे । क्रान्तिका नाममा किसानका तरकारी फ्याँकेको, गरीबको ट्याक्सी जलाएर भन्दै उनले आलोचना गरेका हुन् । ओलिले भने प्रचण्डले अब शाकाहारी आन्दोलन हुँदैन भनेको भन्दै अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन ।

                                                                                                              ⇓ अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्