banner

आर्थिक

रानीपोखरीमा आकाशे पानी ‘संकलन’ पहिलो प्राथमिकतामा

 

रानीपोखरीमा आकाशे पानी ‘संकलन’ पहिलो प्राथमिकतामा
साउन २२, काठमाण्डौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन्।

प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी, विज्ञ, अभियानकर्मी र स्थानीयवासीबीच आज भएको अन्तरक्रिया उनले रानीपोखरीमा आकाशे पानी ‘संकलन’लाई पहिलो प्राथमिकता दिइएको बताए।

रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ।

दरबार हाइस्कूल, त्रिचन्द्र कलेजलगायत क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी रहेको प्राधिकरणले जनाएको छ।

विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रानीपोखरीमा हालिनेछ।

कार्यक्रममा पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी ‘संकलन’लाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिए। डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने उनले बताए।

लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताए।

सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह एवं खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिए।

डिप ट्युबवेल प्रयोग नगर्न उनले सुझाव छ।

संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले परम्परागत इञ्जिनीयरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपाय अपनाउँदै पानी भर्न आग्रह गरे। स्थानीयवासी सुशील श्रेष्ठले पोखरी सफा गर्न दुई वटा निकास राख्न सुझाव दिए।

कार्यक्रममा अर्का स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधि ब्युँताउने उपायतिर लाग्न आग्रह गरे।

(रासस)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्