banner

ताजा समाचार

राप्रपा नेपालले अवैधानिक तिब्बती गुम्बाहरु बन्द गर्नका लागि आन्दोलन गर्ने

काठमाडौं, ३० श्रावण । लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालले विज्ञप्ति सहित अवैधानिक तिब्बती गुम्बाहरु बन्द गर्नका लागि सडक आन्दोलन गर्ने भएको छ ।
हेर्नहोस् पुरा विज्ञप्ति सहित जस्ताको तस्तै :
राप्रपा नेपालले आफ्नो स्थापना कालदेखि नै पूर्ण धार्मिक स्वतन्त्रता सहितको बुद्धराष्ट्रको एजेण्डा उठाउँदै आईरहेको सबैमा सर्वविदित नै छ । भगवान बुद्ध नेपालमा जन्मिनुभएको कुरा कसैले पनि नकार्न सक्दैनन् । बेला बेला भारतले बाहिरबाट बुद्ध भारतमा जन्मिएका हुन् भन्दा त्यसको प्रतिकार हामी सबै नेपाली एक भएर गर्यौ । तर यहि देश भित्र बसेर गुम्बा जस्तो पवित्र स्थलमा लामाको भेष धारण गरि नकरात्मक काम गर्ने व्याक्तिहरुलाई न त हामी जनताले पहिचान गर्न सक्यौँ न त सरकारले नै । यस तर्फ आजसम्म कसैको पनि ध्यान जान सकेन ।
भनिन्छ भगवानको घर सबैका लागि साझा हुन्छन् । हामी बुद्धिस्टहरुलाई हिन्दुहरुले मन्दिर प्रवेश गर्न दिन्छन् । ईसाइहरुले पनि चर्च प्रवेश गर्न दिन्छन् । तर स्वयम् बुद्धिस्ट भनाउँदाहरुले बुद्धिस्टहरुलाई नै अधिकांश ठूलाठूला गुम्बाहरु प्रवेश गर्न दिदैनन् । आँखिर यस्तो किन ? गम्भिर प्रश्न चिन्ह यहाँ निर खडा हुन्छ । गुम्बा नै प्रवेश गर्न नपाउने हो भने यस्ता गुम्बाहरु किन अर्बौ खर्च गरेर निर्माण गरिन्छ ? स्वयम् भगवान बुद्ध र बुद्धधर्म शास्त्रहरुमा त गुम्बा प्रवेश गर्न नपाईने कुरा गरिएको छैन त ?
विश्वभरि एकै प्रकारका बुद्धिस्टहरु भएपनि नेपालमा दुई थरिका गुम्बाहरु छन् । नेपाली गुम्बा र तिब्बती गुम्बा । नेपाली गुम्बाहरु सधैँका लागि सबैका लागि खुल्ला गरिएका छन् । तर अधिकांश तिब्बती गुम्बाहरुमा प्रवेश निषेध गरिएको छ । वास्तवका भित्रि रहस्यको कुरो भनेको ति गुम्बाहरु दलाई लामाका एजेन्टहरुका गुम्बा हुन् जहाँ गुम्बाका नाममा अपराधिक गतिबिधिहरु हुने गरेका छन् । जहाँ अवैधानिक सुन र बुद्धका मुर्तिहरु रातारात तस्कर हुने गर्दछन् । प्रमाण सहितको शंका यहि निर उत्पन्न हुन्छ कि तिब्बतीहरु हाम्रा मुलुकमा आएर अर्बौ खर्च गरेर गुम्बा बनाउँछन् र तिनै गुम्बाहरुमा अन्य धर्मवलम्बीहरुलाई त परै जाओस् स्वयम् बुद्धिस्टहरुलाई समेत गुम्बा भित्र त के गुम्बाको आँगनसम्म पनि प्रवेश गर्न दिदैनन् । यो नेपाल देश तिब्बतीहरुको हो कि हामी नेपालीहरुको जहाँ आफ्नै देशको आँगनमा पाईला राख्न पनि हामीले तिब्बतीहरुको अनुमति लिनुपर्ने हुन्छ । यस्ता किसिमका विक्रितीहरुले गर्दा नै आज हाम्रो देश गरिब भएको हो । यस कारण हामी बुद्धिस्टहरुले मात्रै होईन सारा नेपालीहरुले आफ्नै देशभित्र अपमानित हुनुपरेको छ । यस तर्फ सरकारको ध्यानआकर्षण जाओस् । साथै यसको विरुद्धमा आन्दोलनमा उत्रिन राप्रपा नेपालमा आस्था राख्नुहुने पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरु लगायत सम्पूर्ण देश प्रेमी आदरणिय आमाबुवा , दाजुभाई तथा दिदिबहिनीहरुलाई तयार भएर बसिदिनहुन समेत हार्दिक अनुरोध गर्दछु । यस्ता गुम्बाहरु या त सधैँका लागि सबैका लागि खुल्ला गरिनुपर्यो या त तत्काल बन्द गरिनुपर्यो । धन्यवाद ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्