banner

जिल्ला - सेरोफेरो

रास्ट्रीय बाणिज्य बैंक अनिस्तित काल का लागि बन्द

1 608 total views, 1 1 views today

खडक बिस्वक्रमा,

मंशिर ३ कालिकोट, रास्ट्रीय बाणिज्य बैंक  का कर्मचारीलाई  Covide 19 देखिएपछि  बैक अनिश्चितकालका लागि बन्द गरिएको हो , राष्ट्रिय बाणिज्य बैक मान्म शाखामा कार्यरत दुई जना कर्मचारीलाई कोरोनाको संक्रमण पुष्टि भएपछि बैकले सार्बजानिक रुपमा सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि सबै सेवाहरु बन्द गर्ने जानकारी दिएको हो ।

बैकका एक कर्मचारीका अनुसार सबै कर्मचारीहरुको स्वाब संकलन गरिएकाले उनीहरुको रिपार्ट नआएसम्म बैक पुर्ण रुपमा बन्द गरिने बताउनु भय को  छ । अनिश्चितकालका लागि बैक बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् , अधिकांश नीजि तथा सरकारी कारोवार हुने बैक नै बन्द भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

कालिकोटमा पछिल्लो समय कोरोनाको संक्रमण समुदाय स्तरमा नै फैलिदै आयको  छ , तर लक्षण सहितका संक्रमण भने न्यून रहेका छन  । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लामा हालसम्म २ सय ४२ जना कोरोना संक्रमितहरु फेला परेका छन् , भने जसमा २ सय ३९ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ,

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार गाँउस्तरबाट कोरोना जाँचका लागि स्वाब संकलन गर्ने कार्य सुस्त गतिमा भइरहेको बताउनुहुन्छ । स्थानिय पालिकाबाट संकलन भएको स्वाब नमुना जिल्लाले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाउने हो ।

स्वास्थ्य बिज्ञान को रिपोर्ट लेनै  प्रमाणित गर्ने हो , ऐले सम्म जिल्लामा कोरोना को कुनै चेकप उपकरण पुगेकाछैंनन तर पालिकाबाट स्वाब नमुनाहरु नआएकाले गाँउमा कोरोनाको संक्रमणको अवस्था के छ, भन्न सक्ने  अवस्थामा  नरहेको हो । परिक्षणलाई जोड दिनका लागि स्वास्थ्य सेवा कार्यालयले सबै पालिकासँग समन्वय गरिरहेको उहा को भनाई रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्