banner

समाचार

रुबिभ्यालीको हेन्दुङमा गएराति गएको पहिरोबाट स्थानीय त्रसित

धादिङ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुबिभ्याली गाउँपालिकाको वडा नं. ४ मा गएराति परेको वर्षाका कारण हेन्दुङ गाउँलाई नै जोखिम पर्ने गरि ठुलो पहिरो गएको छ ।

स्थानीय रुबिभ्याली वडा नं ४ का गाउँकमिटी नेकपा पार्टी सचिव दिनेश तामाङका अनुसार,– ‘झण्डै २ सयभन्दा बढी घरहरु रहेको उक्त वस्ती नजिकै ठुलो पहिरो गएको छ । उक्त पहिरोका कारण स्थानियहरु त्रसित भएका छन् ।
भुकम्पताका पनि यस भेगलाई सरकारले अति संवेदनशिल स्थलको रुपमा तोकेको थियो । सरकारले चाँडो भन्दा चाँडो उक्त जोखिम क्षेत्रका स्थानियलाई उद्धार एवंम सुरक्षित ठाउँमा स्थान्तरण गर्नु पर्ने देखिन्छ ।’
हेन्दुङ गाउँ गणेश हिमालको काखमा अवस्थित अति विगट गाउँ हो । तामाङ जातिको बासोबास रहेको उक्त गाउँका बासीन्दालाई सरकारी निकायले बेलैमा पहिरो रोकथाम र जोखिम भएका घरधुरीहरु सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्