banner

ताजा समाचार

लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन

1 281 total views, 1 1 views today

यनयस मिडिया
माघ ७ काठ्माडौँ,लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ थिए । उनको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गायक बानियाँको ‘लडाईँ​को लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि चर्चामा छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका उनले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आएका थिए ।


तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरुलाई आफ्नो संगीत सिर्जनामामा ढालेका छन् । ‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् ।


बानियाँको निधनले लोकसंगीतले एक अभिभावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजीले बताए । बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् । बानियाँको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बिजीले बताए । लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको निधनमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली दिइरहेका छन् ।
                                                                                                     ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्