banner

ताजा समाचार

वलिले विध्वंसतिर जाने काम गरेको प्रचण्डको भनाइ

1 259 total views, 1 1 views today

यनयस मिडिया

माघ ९ काठ्माडौँ,नेपाल कम्यूनिष्ट पार्टिका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले वलिले विध्वंसतिर जाने काम गरेको बताएका छन । तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्,ु उनले भने, ुसम्झाइ, बुझाइ, फकाइ गरेँ, अलि उदारता देखाएँ ।


कतिपय उनका कुरा मान्दिएर पार्टी पनि बच्‍ने र देश पनि अगाडि बढ्ने जाने हो कि भन्‍ने तर त्यस्तो गर्न सकिने रहेन छ । हामीले सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न सकिएन म तपाईंहरुको अगाडि आत्मआलोचना गर्न चाहन्छु ।


ओलीले पार्टीको विधान नमान्ने, पार्टीभित्रका सहमति नमान्ने मात्रै नभइ देशको संविधान नै नमान्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै नमान्ने र विध्वंसतिर जाने काम गरेको दाहालको भनाइ थियो । अध्यक्ष दाहालले ओलीलाई मात्रै दोष दिएर आफूहरु चोखो नरहने भन्दै अब केपी प्रवृत्तिप्रति उदार भएर त्यस्ता काम गर्न दिने भूल आफूहरुले नगर्ने कार्यकर्तामाझ प्रतिबद्धता र संकल्प गरे । आफूहरुको उदारतालाई ओलीले कमजोरी ठानेर दुस्साहस गरेकोले आफूहरु जनतामा आउनु परेको दाहालले बताए । वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै दाहालले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताए ।

               ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्