banner

जिल्ला - सेरोफेरो

वाजुरामा आर्थिक बर्ष २०७७।०७८ मा एउटा मात्र जातिय विभेदको मुद्धा दर्ता

bajura

1 69 total views, 1 2 views today

फागुन ६ बाजुरा : ​जिल्लामा यो आर्थिक बर्षमा जातिय बिभेदको एक मात्र घटना दर्ता भएको छ । विगतका बर्षहरुमा भन्दा यो आर्थिक वर्षमा जातिय विभेदमा मुद्धा घट्दै गएको र एउटा मात्र जातिय विभेदको मुद्धा दर्ता भएको र उक्त मुद्धा पक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देबेन्द्र नाथले बताए।

 

जिल्लाको पछिल्लो अबस्था हेर्ने हो भने सुधारउन्मुख भएको प्रहरी निरीक्षक नाथको भनाई छ। पछिल्लो समय जातिय बिभेदका घटनाहरु नआएको भए पनि गाउँमै गुम्सीएर रहेको सरोकारवालाहरुको भनाई छ ।

 

कतिपय घटनाहरु गाउँमै मिल्ने र गाउँबाट बाहिर नआउने भएकोले पनि तथ्याङक बाहिर नआएको हुन सक्ने सरोकारवालहरुको भनाई छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा जातिय छुवाछुत तथा समाजिक भेदभाव कसुर ऐन २०६८ को कार्यन्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

दलित बिकाश मंच बाजुरा र गरिव उत्थान उत्सर्ग लागि मानब समाजको आयोजना तथा समता फाउण्डेशन नेपालको सहयोगमा गरिएको अन्तरक्रीया कार्यक्रममा जिल्लामा जातिय छुवाछुत तथा समाजिक भेदभाव कसुर ऐन २०६८ को कार्यन्वयनको अबस्था के कस्तो छ भन्ने बिषयमा छलफल गरिएको जनाईएको छ ।

 

दलित बिकाश मंच बाजुराका अध्यक्ष धन बहादुर बिकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, प्रहरी निरीक्षक देबेन्द्र नाथ, दलित अगुवा र पत्रकार लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

 

                                              ⇓ सेयर गर्नुहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्