banner

कणाली प्रदेश

वादी अगुवालाई मुख्यमन्त्री शाहीको जवाफ: जग्गा दिन सकिँदैन

badi samudya

1 99 total views, 1 1 views today

यन यस मिडिया 

फागुन १४ काठमाडौँ-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन नसकिने बताएका छन् । जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

‘प्रदेश सरकारले चाहेर पनि जग्गा दिन सक्दैन, जग्गा दिनसक्ने कानुनी अधिकार हामीसँग छैन’ मुख्यमन्त्री शाहीले भने । तर, वादी समुदायलाई आयआर्जन गर्ने, घर बनाउने लगायतका अन्य कुनै पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए।

मुख्यमन्त्री शाहीले जग्गा दिन सक्ने अधिकार स्थानीय तह र संघ सरकारसँग मात्रै भएको बताउँदा वादी समुदाय नाराबाजीमा उत्रिएका थिए । सरकारले जग्गा नदिएसम्म धर्ना जारी राख्ने उनीहरुको भनाइ छ ।

मुख्यमन्त्री शाहीले आफूहरुलाई चित्तबुझदो जवाफ नदिएको अगुवा हिक्मत वादीले बताए । अब थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए ।

दैलेख, जाजरकोट, कालिकोट र सुर्खेतका वादी समुदाय स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै पाँच दिनदेखि धर्नामा बसेका छन । झण्डै ४ सय वादी समुदायका व्यक्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् ।

                                  ⇓ सेयर गर्नुहोस ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्