banner

प्रवास

‘विदेशमा यो साता १ नेपालीको कोरोनाबाट मृत्यु’

 

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एक जना नेपालीको मृत्यु भएको हो ।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या १ सय ६१ पुगेको छ । नेपालमा मृत्यु भएका ४५ जनालाई जोड्दा कूल मृतकको संख्या २०६ हुन्छ ।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार ३६ मुलुकमा २९ हजार २ सय ४३ जना नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको एनआरएनएले जनाएको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्