banner

कणाली प्रदेश

विद्यालयमा शिक्षकको अभाब, विद्यालयलाई राजनिति गर्ने थलो बनाएको अबिभावकको आरोप

Shree Shantikot Aadharbhut bidhyalaya

1 293 total views, 1 1 views today

यन यस मिडिया

फागुन १० कालिकोट- कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि लामो समय लकडाउन भएपछि शैक्षिक क्षेत्रको गुणस्तर घट्दै गएको छ ।

लकडाउनका कारण विद्यालयमा नियमित पढाइ नभएपछि विद्यार्थिको पठन पाठनमा समस्या आएको नै थियो । तर लकडान हटाएर विद्यालय संचालन गरेपनि बिद्यालयमा अझै पनि नियमित रुपमा पठन पाठन हुन सकेको छैन सान्नि त्रिवेणि गाउँपालिका वडा न ४ मा रहेको शान्तिकोट आधारभुत विद्यालयमा पनि यस्तै समस्या देखिय को छ ।

विद्यालय संचालन भएको ३ महिना बितिसक्दा पनि विद्यालयमा विषयगत रुपमा पढाइ नै संचालन भएको छैन । कक्षा ५ सम्म पढाई हुने यश विद्यालयमा विषयगत वा आवश्यकता अनुसारमा दक्ष शिक्षक नहुदा पठन पाठनमा समस्या आएको विद्यार्थिले वताउने गरेका छन ।

पहिलेका शिक्षकहरु अन्य रोजगारिमा गएपछि विद्यालयमा शिक्षकको अभाब भयको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मान पुरिले बताए । उनले भने , विद्यालयमा पहिले नियूक्त गरेका शिक्षकहरु पारिस्रमिक कम भएपछि अन्य ठाउमा गएका हुन ।

त्यस कारण विद्यालयमा नियमित रुपमा विषयगत तरिकाले पठन पाठन हुन नसकेको हो । राम्रो शिक्षक राख्नका लागि आर्थिकको अभाब छ । यता अबिभाबकले भने विद्यालयमा राम्रो शिक्षक भन्दा पनि हाम्रो शिक्षक राख्ने परम्पराले बिग्रेको बताएका छन ।

विद्यालयमा शिक्षक राख्नका लागि ठुलावडाहरु एक आपसमा राजनिति गर्छन । विद्यार्थिको भविस्यमा कुनै चासो देखाउदैनन् । विव्यस पदाधिकारिहरु पनि फाइदाका लागि मात्र अगाढि बढ्छन ।

विद्यालयमा नियमित पठन पाठनहुन्छ वा हुदैन शिक्षक नियमित रुपमा आउछ वा आउदैन यसको कुनै चासो छैन । केवल विद्यालयको भवन निर्माण र शिक्षक राख्नका लागि मात्र चासो देखाउछन ।

विद्यालयमा शिक्षकहरु पनि नियमित नआउने र आयपनि आफ्नो कामका लागि छिट्टै घर जाने गरेको अभिभाबकहरुले बताएका छन । विद्यार्थिको पठन पाठनमा निकै समस्या आएको र अंग्रेजि र गणित विषयमा निकै कमजोर भएको समेत गुनासो गरेका छन ।

नयाँ शिक्षक नियूक्त गर्नका लागि अभिभाबक भेला बोलाएपनि कोहि अभिभाबक नआउने गरेको र आफुले मात्र शिक्षक राख्न नसकिने हुदा विद्यालयमा शिक्षकको अभाब रहेको प्रधानाध्यापक कृष्ण बहादुर शाहिले बताए ।

व्यवस्थापन  समिति का अध्क्षय ज्यु बिधालय मा आर्थिक आभाब र शिक्षक को प्रारिश्रमिक दिन पनि कठिनाइ छ, भन्नु भयो यो बिसयमा स्थानीय सरकार संग केहि कुरा राख्नु भयन, भनेर सोधियको यनयस को प्रस्न मा  अहिले स्थानीय सरकार संग तत्कालै बिधालय स्थर उन्नति को लागि कुनै सिर्षकमा बजेट नभयकाले सहयोग गर्न नसक्ने र अबिभाबक संग सल्लाह गरि ५ कक्षा संचालन गर्न सकिदैन भने ३ मा झारी अंग्रेजी मेडियम मा अध्यापन गराउन पालिका अध्यक्ष डम्बर बहादुर शाही ले भने पछी अझैं अलमल मा परेको व्यवस्थापन  अध्यक्ष मान पुरी ले बताय का छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्