banner

ताजा समाचार

विप्लवले छाडे काठमाडौँ,नवलपरासी प्रस्थान

1 457 total views, 1 1 views today

यनयस मिडिया 

फागुन २३ काठमाडौं-दुई रात तीन दिन काठमाडौं बसाईंपछि नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले उपत्यका छाडेका छन् । उनले आज दिउँसो काठमाडौं छाडेर नवलपरासी प्रस्थान गरेको बुझिएको छ ।

विप्लव पार्टी कार्यक्रममा सक्रिय भएका छन् । उनी २४ फागुनमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कपिलवस्तुको शिवगढीमा आयोजना हुने अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसका लागि उनी काठमाडौंबाट बाहिरिएका हुन् ।शान्ति सम्झौताका लागि विप्लव शुक्रबार काठमाडौं आएका थिए । उनले तीन दिन महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भएको शान्ति सम्झौतामा सहभागिता जनाएका थिए । उनले गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेटेका थिए ।

नख्खु कारागारमा पुगेर शनिबार पुगेर आफ्नो पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनसँग भेटेका थिए । विप्लवले पार्टीका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग पनि भेटघाट गरेका थिए ।

विप्लवले नेकपा दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि भेटेका थिए ।

विप्लवले आइतबार विहान चार कम्युनिस्ट घटकको संयुक्त रणनैतिक मोर्चाका नेताहरुसँग पनि भेटेका थिए । भेटमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता आहुतीसँग भेटेका थिए ।

                                                      ⇓ सेयर गर्नुहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्