banner

जिल्ला - सेरोफेरो

विप्लव नेतृत्वको नेकपासहितका चार दलको रणनैतिक मोर्चाले बुटवलमा गरे खुल्ला सभा

विप्लप

1 188 total views, 1 1 views today

यनयस मिडिया

माघ ६ काठमाडौँ ,सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका चार दलको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको विकल्पका लागि भन्दै बुटवलमा प्रदर्शन सहित सभा गरेको छ । माघ २९ गते काठमाडौंमा रणनैतिक मोर्चा घोषणा गरेको उक्त मोर्चाले बुटवलमा पहिलो खुल्ला सभा गरेको हो ।


प्रतिनिधि सभा विघटनपछि मुलुक यसको पक्ष र विपक्षमा ध्रुवीकृत भइरहेका बेला मोर्चाले भने अहिलेको संसदीय व्यवस्था र नेताहरुबाट देशले सही निकास नपाउने तर्क गरेका छन । आफ्नै दलभित्रको झगडाले प्रतिनिधि सभा विघटन गर्नुले संसदीय व्यवस्था नै असफल भएको पुष्टि भएको उनीहरुको दावी छ ।

उनीहरुले संसदीय व्यवस्था ध्वस्त गरेर जन गणतन्त्रतात्मक समाजवादी व्यवस्थाले मात्रै देशलाई निकास दिने तर्क गरेका छन् ।

मोर्चाका नेताहरुले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा र नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन पनि सरकारसँग माग गरेका छन ।सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदीय व्यवस्था जनताको शासन व्यवस्था नभएको जिकिर गर्दै यसलाई ध्वस्त गर्नुपर्ने बताउनु भयो ।


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण राजनीतिमा आउन चाहेकाले प्रतिबन्ध हटाउन माग गर्नु भयो । विप्लवमाथि लगाइएको प्रतिबन्ध सबै कम्युनिस्टमाथिको प्रतिबन्ध भन्दै उहाले प्रतिबन्ध असंवैधानिक भएको बताउनु भयो ।


नेपाल कम्युनिष्ट पार्टी वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल आहुतीले नेकपाले नेतृत्व गरेको दुई तिहाइको सरकार असफल हुनुले यो व्यवस्थामै ठूलो प्वाल परेको र संसदीय व्यवस्था नै असफल भएको तर्क गर्नु भयो ।

बुटवलको ट्राफिकचोकमा सभा हुनुअघि राजमार्ग चौराहाबाट जुलुस निस्केको थियो । जुलुसमा विभिन्न जिल्लाबाट कार्यकर्ता ओसारिएको थियो । जुलुसका सहभागीहरुले संसदीय व्यवस्था खारेज गर, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।

                                      ⇓ यो पनि हेर्नुहोस ⇓

                                                             ⇓ सेयर गर्नुहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्