banner

खेलकुद

विश्व फुटबल महासङ्घ (फिफा) को महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडौँ – विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो ।

यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १३४औँ, श्रीलङ्का १४०औँ, माल्दिभ्स १४२औँ तथा भुटान १५४औँ स्थानमा रहेका छन् ।

विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्