banner

ताजा समाचार

वैदेशिक हस्तक्षेप भए हामि झूक्दैनौँ: बिप्लव

biplop

1 160 total views, 1 1 views today

यनयस मिडिया 

फागुन २१ काठमाडौँ — नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपाली समाज रुपान्तरण हुँदै आएपनि पूर्ण नभएको बताएछन । केही कुराहरुमा आफ्ना असहमति राख्दै आफूहरु अगाडि बढेको चन्दको भनाइ छ ।

‘००७ सालदेखि आजसम्म खण्डखण्डमा नेपाली समाज रुपान्तरण हुँदै आएको छ । तर त्यो पूर्ण भएको छैन । आज पनि नेपालका मजदुरहरुको स्थान कमजोर छ । किसानहरुको स्थिति बेहाल छ । दलित, महिला, उत्पीडित समुदाय सन्तुष्ट छैनन्,’ चन्दले भने, ‘जहाँजहाँ हाम्रा असहमति रहे दृढतापूर्वक राख्यौं ।

संविधानमा व्याख्या गरिएको संसदीय व्यवस्था, पुँजीवादी व्यवस्थाको बहुदलीय व्यवस्थाको व्याख्या भयो । त्यसमा हामी सहमत भएनौं । अहिलेको सरकारसँगको कुरा हैन । नेपालको राजनीतिक रुपान्तरणको प्रक्रियामा अलिकति छलफल र बहसहरु भए त्यसमा सहमत हुन सकेनौं । र आफ्नो तर्फबाट विद्रोह गर्यौं ।

अझै पनि नेपालमा कसैले सुरक्षित अनुभूति गर्ने स्थिति नबनेको चन्दले जनताले के चाहन्छन् फैसला गर्ने वातावरण बनाउनु पर्ने उनले बताए । नेपालमा आज पनि कसैले सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेता, पार्टी, जनतालाई आफ्नो जीवनमाथि आफै हाबी भइराखेको जस्तो अनुभूति भइरहेको छैन । हरेक घटनाक्रममा तरंग छ । हामी त झुपडीभित्र बसेर आयौं ।

झुपडीमा पनि त्यो छ । महलमा पनि त्यो छ । सहरमा पनि छ, गाउँमा पनि छ । जसरी हामी प्रयोग गर्दै आएका छौं, यो ठिकै होला । तर, एकपटक फेरि जनतालाई नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चान्छन् जनताले रु गम्भीरतापूर्वक छलफल गर्नैपर्छ । हामी सहकार्य गर्न तयार छौं,’ चन्दले भने ।

वैदेशिक हस्तक्षेप भए पनि आफूहरु नझुक्ने पनि उनले बताए । उनले भने ‘कसैले हामीलाई हस्तक्षेप गर्यो भने कुनै विदेशीले हामीलाई हमला गर्‌यो , हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ ।

 

                                                      ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्