banner

ताजा समाचार

वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय

nsmedia

1 206 total views, 1 1 views today

यनयस मिडिया 

माघ  २७  काठमाडौँ ,सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको  बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय  भएको छ।   केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

यसैबीच निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जान लागेका छन्। ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री, उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित नेताहरू आयोग जान लागेको जानकारी दिए।

                                                                                                            ⇓ सयर गर्नुहोस  ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्