banner

अन्तर्वार्ता

व्यवसायीको संरक्षण र समस्यालाई समाधान गर्नु नै पहिलो प्राथमिकता

राजेन्द्र भण्डारी
सह–संयोजक, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल

 

व्यवसायीहरुको माझ आफ्नो बेग्लै पहिचान बनाउन सफल युवा व्यवसायी अरोरा ह्युमन रिसोर्स प्रा.लि.का प्रबन्ध निर्देशक, गोदावरी फरेष्ट होटलका सञ्चालक एवंम प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका सह–संयोजकका रुपमा अहिले सक्रिय राजेन्द्र भण्डारीसँग कोरोनाका कारण व्यवसायमा परेको समस्या, समाधान र चुनौतिसँँगै संसामायिक विषयमा गरिएको कुराकानी :

 

वैदेशिक रोजगारी क्षेत्रमा कोरोनाको असर कस्तो छ ?
कोभिड–१९ कोरोना भाईरसले विश्वव्यापीरुपमा नै असर गरेको छ । अहिले नेपालमा सबैभन्दा कोरोना प्रभावित व्यवसाय भनेको वैदेशिक रोजगार र पर्यटन क्षेत्र हो । म दुवै क्षेत्रमा व्यवसाय गर्दै आएको व्यक्ति हुँ । अहिले समस्या र चुनौतिलाई साथमा लिएर बसिरहेको छु ।
कोरोनाका कारण रोजगारदाता कम्पनी र हाम्रो देश नेपाल सबै ठाउँमा अर्थतन्त्र ध्वस्त भएको अवस्था छ । जबसम्म कोरोनाको औषधी पुर्ण रुपमा बनिसक्दैन र अन्तराष्ट्रिय हवाई उडान सहित रोजगार गन्तव्य मुलुकले आगमन प्रवेश खुल्ला हुँदैन तबसम्म वैदेशिक रोजगार क्षेत्रमा असर देखिनै रहन्छ । त्यससँगै व्यवसाय धरासयी अवस्थामा रहिरहने अवस्था रहेको छ ।

कोरोनाका कारण व्यवसायीहरुलाई के कस्ता समस्याहरु आईपरेका छन ?
अहिले कोरोनाका कारण हामी हरेक क्षेत्रका व्यवसायीहरु पुर्णरुपमा समस्या नै समस्यामा गज्रिरहेका छौं । सरकारले आफ्नो तवरबाट कोरोना रोकथाम त गरिरहे कै छ । तर, कोरोना रोकथामको नाममा अव्यवस्थित र व्यवसायीमैत्री वातावरण बनाउन सकेको छैन । वैदेशिक रोजगार व्यवसायीहरुको सवालमा अहिले पुर्णरुपमा लकडाउन र रोजगारदाता मुलुकले कामदारको माग भएतापनि लान सक्ने अवस्था छैन । अब विस्तारै कोरोनाको संक्रमण कुन तरिकाले अगाडी बढ्छ त्यसै अनुरुप व्यवसायीहरु सतर्क र समस्यासँग लड्दै बस्नुको विकल्प छैन । व्यवसायीलाई समस्याबाट अलिकति भएपनि मुक्त गर्न सरकारले विशेष राहत प्याकेज दिनुपर्दछ । अथवा हरेक वैदेशिक रोजगार व्यवसायीहरुले धरौटी बापतको रकमलाई छिटो भन्दा छिटो फिर्ता दिएमा व्यवसायीहरु आफुलाई कुनैपनि व्यवसायमा निर्भरता पर्न सजिलो हुन्छ । यहि अवस्था रहिरहने हो भने व्यवसायीहरुले वैकल्पिक व्यवसाय रोज्नुको विकल्प छैन ।
त्यस्तै समस्या त अझ भन्नुपर्दा अहिले कोरोनाका कारण कतिपय कामदारहरु वेरोजगारी भएर बस्नुपरेको अवस्था छ । रोजगारदाता कम्पनीहरु डुबेको अवस्था छ । ती कम्पनीहरुमा अलपत्र परेका कामदारहरुलाई सरकारले चाँडोभन्दा चाँडो नेपाल ल्याउनु पर्दछ र उचित व्यवस्थापन गरि रोजगारको सिर्जना गर्नुपर्ने देखिन्छ । साथै व्यवसायीहरुलाई पर्न आएका समस्या र चुनौतीलाई सरकारले अध्ययन अनुसन्धान गरि निर्मुल पार्नुपर्ने देखिन्छ ।

वैदेशिक रोजगार व्यवसायी संघसंस्थाहरुले समस्या समाधानका निम्ति के कस्ता भुमिकाहरु निभाईरहेको छ ?
कामदारहरुको समस्याको विषयमा हामी संघसंस्थाहरु अपडेटमै छौं । कोरानाकोे असरले पारेको समस्यालाई विशेषगरी सम्बन्धित देशका एनआरएन र दुतावासहरुसँग समन्वन गरी समस्यामा परेका कामदारहरुलाई उद्धार गर्दै आएको छ ।
त्यस्तै विभिन्न कम्पनीबाट गैरकानुनी रुपमा बसिरहेका नेपाली कामदारहरुलाई केही मात्रामा समस्या भएको छ । मेनपावरबाट गएका कम्पनीमा कार्यरत कामदारहरुको अवस्था र समस्याकाबारे हामी सक्दो रोजगारदाता कम्पनीसँग विभिन्न माध्यमबाट समस्या समाधानको लागि दुतावासको पहलमा समाधान भईरहेको छ । साथै हामी सम्बन्धित संघसस्थाहरु मन्त्रालय धाएर हुन्छ या दुतावासमा कुरा गरेर हुन्छ कामदारको समस्या र चुनौतीलाई समाधान गर्न लागि परेका छौं ।


सरकारले वैदेशिक रोजगार व्यवसायीलाई बचाउन के कस्ता कदमहरु चाल्नुपर्ने देखिन्छ ?
अहिले कोरोनाको कारण हामी व्यवसायीहरु पुर्णरुपमा व्यवसाय बन्द गरेर बस्नुपरेको अवस्था छ । हजारौंको संख्यामा व्यवसायीका कर्मचारीहरु वेरोजगार भएर बस्नु परेको छ । त्यसैले सरकारले व्यवसायीलाई कसरी संरक्षण र संवद्र्धन गर्न सकिन्छ भन्ने मुख्य कुरा लिएर अगाडी बढ्नुपर्ने देखिन्छ । वैदेशिक रोजगार व्यवसाय अति प्रभावित क्षेत्रमा परेका कारण सरकारले हामी व्यवसायीहरुले राखेको धरौटी बापतको रकम फिर्ता गर्नुपर्दछ अथवा राष्ट्र बैंकको निर्देशिका अनुसार सिमित व्याजदर ऋण उपलब्ध गराउनुपर्दछ । त्यसपश्चात व्यवसायी अरु आयमुलक व्यवसायमा निर्भर हुने वातावरण सिर्जना हुन्छ ।
व्यवसायीले कोरोना निर्मुलभएर सम्य भएपछि पुनः धरौटी बापतको रकम सरकारलाई बुझाउने शर्तमा व्यवसायीलाई दिनुपर्दछ । त्यसपछि मात्र व्यवसायीले आफ्नो व्यवसाय टिकाउन सक्नेछन् । यदि यसो गरेन भने व्यवसाय र व्यवसायी नै धरासायी र बाईपास हुनुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले पछिल्लो क्रियाकलापहरु के के गरिरहेको छ ?
मञ्चले व्यवसायीको संरक्षण र समस्याहरुलाई समाधान गर्नु नै पहिलो प्राथमिकता कामको रुपमा लिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व अहिले जुन ढंगले नेतृत्व लिनुपर्ने हो त्यो भएको छैन । अहिले वैदेशिक रोजगार ऐनमा जुन जटिल नियमहरु गरिदिएको छ यसले व्यवसायीहरुको हातखुट्टा बानिदिएको छ । ऐनमा भएको सय जना कामदार पठाउन नसक्ने व्यवसायीहरुलाई बन्द गर्ने निर्णय गराउनु जस्ता कार्यमा संघ चुकेको देखिन्छ । यी समस्यालाई मञ्चको नेतृत्व पहलले विभिन्न निकायमा व्यवसायीमाथि अन्य भएको कुराहरु राख्दै १ वर्षलाई ईजाजत पत्र नविकरण थप्न सफल भएका छौं । मञ्चले यस्ता ऐनलाई नै परिवर्तन गर्नुपर्छ भन्नेमा लागिपरेको छ । सरकारसँग समन्वयन गरेर व्यवसायको हितमा हरेक हमेसा लागि परिरहने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्