banner

कणाली प्रदेश

शान्नी त्रिवेणि ४ मा जिल्लाकै १८ वटा नमूना माछा पोखरी निर्माण कार्य अन्तिम चरणमा

pokhari

1 593 total views, 1 1 views today

यनयस मिडिया

फागुन ८ काठ्माडौ-कालिकोट जिल्लाको शान्नी त्रिवेणि गाउँपालिका वडानं ४ मा कालिकोट जिल्लाकै उत्कृष्ट नमूना माछा पोखरीको निर्माण कार्य अन्तिम चरणमा पूगेको छ ।

गाउँपालिकामा रहेको श्री सूनौलो कृषी सहकारी संथाले निर्माण गरीरहेको पोखरी तिब्र गतिमा काम सन्चालन भएसँगै निर्माण कार्य अन्तिम चरणमा पूगेको हो ।

उक्त पोखरीलाई बथसिल्ला माछा पोखरीको नाममा नामाकरण गरीएको छ । २०७६ सालमा कर्णालि प्रदेश सरकारको पशूपन्छी बिकाश शाखाबाट पोखरी निर्माणका लागि सूनौलो कृषि सहकारी संस्थाको नाममा १ करोड बजेट बिनियोजन भएसँगै संस्थाले तिब्र गतिमा निर्माण कार्य थालिसकेको थियो ।


२०७६ साल बैशाख महिनामा निमार्ण कार्य सूरु भएपछि २०७७ साल साउन महिनामा निर्माण कार्य अन्तिम चरणमा पूगेपनि भारी बर्षा र भिषण बाढी पहिरोका कारण निर्माण गरीएका सम्पूर्ण पोखरीहरु बगाएर नदिमा मिसाय पछि फेरी काम शून्यबाट शूरु गरेको र केहि महिना बिश्वब्यापि कारोनाका कारण काम अस्त ब्यस्त भएकाले पोखरी निर्माणमा केहि ढिलाई भएको वडाध्यक्ष हिमाल धामिले बताएका छन ।

pokhari

वडाअध्यक्ष धामिले यसरी प्राकृतिक समस्याका कारण काममा ढिलाई भएपछि पोखरीका नाममा आएको जम्मा बजेट १ करोड मध्यको ३४ लामा पोखरी निर्माणका  लागि  खर्च भयको र बाँकी सबै रमक फ्रीज भएको बताएका छन उनका हनूसार बाँकि सबे भन्नाले फ्रीज भएको ६६ लाख भन्ने बूझिन्छ ।

हाल सम्म कालिकोटका कूनैपनि ठाउँमा यस्ता नमूना पोखरीहरु निर्माण भएका छैेनन,अबसेस कूनै ठाउँमा स्थापना भएपनि सहमति भन्दा बिरोध बढी गर्ने परम्परालाई मानब समाजबाट निमूल गर्न धेरै मूस्किल छ ।

यो पोखरी निर्माण भईसकेपछि यसबाट आम्दानि के हून सक्छ भन्ने बिययमा शान्नी त्रिबेणि गाउँपालिका वडानं ४ का वडाध्यक्ष हिमाल धामि सँग हामिले कूराकानि समेत गरेका थियौ  ,

 

  • वडाअध्यक्ष ज्यू पोखरी निर्माण कार्य शूरु गरेदेखि हाल सम्मका चूनौतिहरु के के हून ?
    धन्यवादः चूनौतिहरु त साना देखि ठूला कामहरुमा जूनसूकै बेलामा कूनैपनि चूनौतिहरु आउन सक्छन, त्यो पनि हाम्रो समाजमा,त्यति भित्र पनि यो पोखरी निर्माण भन्दा पनि यसलाई कसरी हाम्रो ठाउँमा ल्याउन सकिन्छ भनेर पहल गर्न नसक्ने र ल्याई सकेपछि बिभिन्न बाहाना बनाएर जनताहरुलाई भड्काउनेहरुनै यसका मूख्य चूनौतिहरु हून । बाढी पहिरोले निर्माण गरी सकेका पाखरीहरु बगायो त्यो समाज भन्दा पछिको प्राकृतिक चूर्नाति हो र अर्को समस्या भनेको हामिलाई मात्र नभई कोरोना भाईरसका कारण बिश्वलाई आएको हो यसको केहि असर हामिलाई पनि परेको हूनाले काममा केहि ढिलाई भएको हो । त्यसैका कारण पोखरी निर्माणका लागि बिनियोजन भएको बजेट फ्रीज भएको हो ।
  • १८ वटा पोखरी निर्माण गर्नूभएको छ,अनुमानित कति सम्म माछा अटाउन सक्छ ?
    अनूमानि रुपमा भन्ने हो भने ठूला माछाहरु २१ हजार जति र साना भूराहरु चाहि ४ हजार अटाउन सक्छन र राख्ने हाम्रो लक्छे पनि रहेको छ
  • कुन कुन प्रजाति को  माछा को लागि अनुकुल  छन्  पोखरीहरु  ?                                                                       अहिले पोखरीहरु निर्माणधीन अवस्थामा भयकाले यसको अन्वेसण  भइ सकेको छैन,निर्माण कार्य सम्पन्न भैसके पछी जिल्ला पशु अस्पतालको सल्लाहमा अन्वेसण गरि शोही अनुसार माछा हालिने छ तर अहिले सम्मको सल्लाह बोमोजिम रेन्बे ट्राउड प्रजातिको माछा को लागि अनुकल हुन सक्छ  भन्ने सल्ला सबैको छ ।
  • यो पोखरी सँग जोडियको बिषय,भोलिका दिनमा माछा पालन बाट फाईदा र सम्भावनाहरु के छन ?
    यो प्रश्न धेरै राम्रो छ,यसवाट फाईदा र सम्भावनहरु दूवै उत्तीकै छन । पहिलो कूरा जिल्लाकै हकमा नमूना पोखरी भएकाले निर्माण सम्पन्न पछि करीव आदा दर्जन बढीले रोजगारी पाउने छन । अर्को कूरा जसले रोजगारी पाउने छन उनिहरुले आम्दानि पनि यसै बाट गर्ने छन ।
  • अन्तिम प्रश्नः पोखरीको काम सन्चालनका लागि तपाईले आफ्नै घरका परीवारहरुलाई पदाधिकारी बटूलेर निर्माण उपभोक्ता  समिति  बनाउनू भएको छ भन्ने हल्ला छ के यो साँचो हो ?
    यो कूरा सरासर भ्रम हो,यो भ्रममा नपर्न जनसमूदायहरुलाई म अनूरोध पनि गर्दछू किन भने यो कूरा म र मेरो परीवारसँग जोडियको छैन,मेरो वडामा अवस्थित श्री सूनौला कृषि सहकारी संथाको नाममा उक्त बजेट आएको हो । अहिले पनि उक्त संस्थाले नै काम सन्चालन गरीरहेको छ,यस्ता बकम्फूसे हल्लाहरु बिपक्षीहरुले असफल हूनका लागि गरेका हून ।

                  ⇓ भिडिओ हेर्नुहोस ⇓

                                                                                                       ⇓ सेयर गनूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्