banner

समाचार

संयुक्त राष्ट्रसंघका पूर्व महासचिवदेखि बिश्वका नेताहरू एउटै मन्चमा

काठमाडौं । भोलि आईतबार विश्व स्तरीय अनलाइन र्‍यालि अफ होप आयोजना हुदैछ ।बिश्वका चर्चित र बरिस्ठ नेताहरूको सहभागिता रहने सो कार्यक्रम मानब शान्तिका लागी हुदैछ। मानव जातिले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न तथा अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता साकार गर्ने उद्देश्यले आईतबार ६.४५ बजे अनलाईन मार्फत सहभागिता जनाउन सकिने छ । विश्व भरिबाट लाखौ मानिसको सहभागिता रहने बताएको छ ।
युनिर्भसल पीस फेडेरेसनको आयोजनामा हुने कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार स्वामी पाउला ह्वाइट , हाउस अफ कउन्सिलर जापानका पूर्व अध्यक्ष चुइची डेट र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्युट ग्रिनगिच,सेनेगलका राष्ट्रपति म्याक्की साल, नाइजरका प्रधानमन्त्री ब्रिजी राफिनी, अमेरिकीका पूर्व उपराष्ट्रपति डिक चेनी लगायतका विश्व नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा युनिभर्सल पिस फेडरेशनकी सहसंस्थापिका डा.हाक जा हान मुनले मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्ने कार्यक्रम समेत रहेकोे छ ।
कोभिड १९ महामारीले विश्वव्यापी रुपमा परिवारहरूमा दुःख, कष्ट र पिडा दिनुका साथसाथै विश्व मानवजाति एकअर्काबाट टाढा हुँदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेका सन्दर्भमा विश्वले कोभिड १९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्र मध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषयमा छलफल हुनेछ ।
सम्मेलनले मानव जीवनमा ईश्वरको अस्तित्व र परोपकारी हस्तक्षेपलाई साहसका साथ स्वीकार्ने छ । सम्मेलनमा अन्तरजातीय, अन्तरधार्मिक तथा विश्वव्यापी सम्मेलनले मानवताको अन्तरनिर्भरता र पारस्परिक समृद्धिको लागि दिगो आशा र भरोषाका लागि अपील गर्दछ । यो सम्मेलनले विश्व मानव परिवारको रूपमा सामना गर्ने चुनौतिहरूको समाधान गर्न व्यावहारिक विधि र एजेन्डालाई प्रस्ताव गर्ने जनाईएको छ । यसले कोभिड १९ महामारी, पर्यावरणीय पहलकदमी, गरीबी तथा भोकमरीको अन्त्य गर्ने उपायहरू र जातीय विभेद जस्ता कुराहरूलाई सम्बोधन गर्दै विश्वमा विद्यमान सबैखाले द्वन्द्वहरूको अन्त्य गर्न एकता र आपसी सहयोगका लागि आह्वान गर्नेछ ।
सम्मेलनको उद्घाटन विश्वका विभिन्न धार्मिक आस्थाका धार्मिक नेताहरूको आह्वान र स्तुती वाचनका साथ हुनेछ । अनलाइन मार्फत संचालन हुने सम्मेलनमा नयाँ प्रविधिको प्रयोग गरिनेछ । सम्मेलनले डिसेम्बरअसम्म प्रत्येक महिना आयोजना हुने “¥याली अफ होप” को एक श्रृंखलाको शुरुवात गर्नेछ । अगस्ट ०९ मा इन्टरनेश्नल समिट काउन्सिल फर पीस तथा इन्टरनेश्नल एशोसियसन अफ पार्लियामेन्टेरियन्स फर पीसको सहयोगमा पहिलो भेला हुनेछ । इन्टर रिलिजियस एशोसियसन फर पीस एण्ड डेभलप्मेन्ट, इन्टरनेश्नल मिडिया एशोसियसन फर पीस ,इन्टरनेश्नल एशोसियसन फर इकोनोमिक डेभलप्मेन्ट र इन्टरनेश्नल एशोसियसन अफ एकाडेमिसियन्स फर पीसका सम्मेलनहरू हुनेछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्