banner

ताजा समाचार

संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान कांग्रेस तयार वरिष्ट नेता पौडेल

1 182 total views, 1 1 views today

एनएस मिडिया
माघ ३ काठ्माडौ,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्‌। प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने बताए।


वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिए।कांग्रेसलाई चुनावमा जान कुनै हतार भएको छैन उनले भने अब चुनाव आयो, कांग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन। कांग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन।


वरिष्ठ नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान कांग्रेस तयार रहेकोबताउँदै चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ भने। जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए। नेता पौडेलले नेपालि काँग्रेसले अब देश र जनताको लागि केहि गर्नेबेला आएकाले पार्टिका सम्पूर्ण कार्यकर्ता एकजूट भएर लाग्न समेत आग्रह गरेका छन ।
                                                                                                                         ⇓   अधिकजानकारीका लागि सेर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्