banner

बैंकिङवित्त

सनराइज बैंकको विवाद मिल्यो, सीईओमा पौड्याल नै निरन्तरता

 

काठमाडौं । सनराइज बैंकमा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकमा विवादित दुबै पक्षले आत्मालोचना गरेपछि विवाद समाधान भएको बैंक सञ्चालक समिति स्रोतले जानकारी दिएको छ ।

बैंकको विवाद उत्कर्षमा पुग्दा केही सञ्चालक बैंकका प्रमुख कार्यकारी जनक शर्मा पौड्याललाई हटाउनेसम्मको योजनामा पुगेका थिए । सीईओ पौड्याललाई हटाउने प्रक्रियाका लागि स्पष्टिकरण समेत सोधिएको थियो ।
सोही विषयमा छलफल गर्न बिहीबार अध्यक्ष मोतिलाल दुगडले सञ्चालक समिति बैठक बोलाएका थिए । ‘केहीबेरअघि (साझ) मात्रै बैठक सम्पन्न भयो, ठूलो विवाद कुनै भएन’ बैंक स्रोतले भन्यो, ‘कहिलेकाहीँ विवाद त भइहाल्छ, तर पर्फरमेन्सका आधारमा पनि सीईओ जनक सरलाई नै निरन्तरता दिने भनेर निर्णय गरिएको छ ।’

बैंकको विवाद सतहमा आएपछि नेपाल राष्ट्र बैंकले बोलाएर सञ्चालकहरुलाई अनावश्यक विवाद नगर्न भनेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्