banner

आर्थिक

सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण

काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो ।

तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु पर्ने भन्दै अहिले रियल टायम विवरण नदेखिएको बताउँछन् ।

सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले भने, ‘प्रणालीमा सुधार गर्नु पर्ने भएकाले देखिन छाडेको हो, काम भइरहेको छ ।’

सूचना प्रवाहको पारदर्शी माध्यम एक महिनाभन्दा बढी समय रोकिदा पनि यसमा न अर्थ मन्त्रालयले चासो दिएको छ, न महालेखा नियन्त्रक नै गम्भीर देखिन्छ ।

सिस्टम तयार हुन कति समय लाग्छ भन्ने टुंग्गो नभएको पौडेलको भनाइ छ । बजेट कार्यान्वयनमा कमजोर कार्यसम्पादन गरिरहेको अर्थ मन्त्रालयले रियल टाइम तथ्यांक लुकाएर आलोचना मथ्थर पार्न अघिल्ला वर्षहरुमा समेत जानाजान सिस्टम बिगार्दै आएको नजिर रहेको छ ।

यसलाई महालेखाका अधिकारीहरु भने प्रणालीमा सुधार, मर्मत सम्भारको कामले गर्दा विवरणहरु सार्वजनिक गर्न नसकिएको तर्क गर्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्