banner

जिल्ला - सेरोफेरो

सरकारि पिलेटका मोटरगाडिको चरम दुरुपयोग, नियन्त्रण गर्न अनेरास्वबियुले बुझायो ज्ञापन पत्र ।

1 272 total views, 1 1 views today

खडक बिश्वकर्मा
पौष २८ काठ्माडौँ

पछिल्लो समय सरकारि नम्वर पिलेटका गाडि र मोटर साइकलहरुको चरम दुरुपयोग भएको छ । सरकारि नम्वर पिलेटका गाडि मोटर साइकलहरु कतिवेला, कस्ले, कस्तो अबश्थामा, चलाउने त्यसको आफनै मापदण्ड भएतापनि जस्ले पनि जुनसुकै बेला जस्तो अबश्थामा पनि सरकारि नम्वर पिलेटका गाडि मोटरसाइकल चलाउनुले सरकारि संयन्त्रको धज्जीनै उडेको टिप्पणिकर्ता हरुको भनाई छ ।


बिगतका दिनमा जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले कुन बार कसले कसरि चलाउने भन्ने बिषयमा नियम कानुन बनाएपनि त्यसको कार्यन्वयन कसैबाट नभएको पाइएको छ । यहि बिषयलाई मध्यनजर गरि आज सरकारी नम्बर पिलेटका गाडहिरुको चरम दुरुपयोग भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटी कालिकोटले जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोट लाई ज्ञापन पत्र वुझाएको छ ।


कालिकोटका स्थानिय तहका सरकारी मोटर साईकलहरुको चरम दुरुपयोग भएको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालयको ध्यानकार्षण गरेको बताइएको छ । अनेरास्ववियु कालिकोट जिल्ला संयोजक धर्म ब शाही ,सह–संयोजक मिनराज न्यौपाने ,केन्द्रिय सदस्य रबिन्द्र शाही ,कार्यालय सदस्य रमेश शाही ,सचिवालय सदस्य राजकुमार शाही लगायत युवा संघका सह संयोजक गगन बोगटी ,ज्ञानेन्द्र शाही को सहभागीतामा ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्र बुझदै जिल्ला ट्राफिक प्रहरि कार्यालय कालिकोटका प्रमुख प्रहरि सहायक निरिक्षक आनसिंह भण्डारिले सार्वजनिक बिदाको दिनमा प्रमुख जिल्ला अधिकारिको अनुमतिबिना सञ्चालन हुने सरकारि पिलेटका गाडिहरुलाई नियन्त्रण लिने गरेको बताएका छन । । यतिमात्र नभई अन्य समयमा पनि आफना आफन्त लगाएत मन परेका मान्छेहरुलाई बोकेर हिड्ने गाडि मोटरसाइकलहरुलाई तत्काल नियनत्रणमा लियर कानुन अनुसार कार्वाहि गर्ने बताउनु भयो ।

⇓ अधीक जानकारी का लागि शेर गर्नुहोस् ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्