banner

ताजा समाचार

सबै सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, १४ भदौ । कोरोना संक्रमणको फैलावट नरोकिएपछि सरकारले लामो तथा छोटो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ मसान्तसम्म लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय गरेको हो।
यसअघि भदौ १५ सम्म लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय भएकोमा सरकारले त्यसलाई थप १५ दिन लम्ब्याएको एक मन्त्रीले जानकारी दिए।
यसअघि भदौ १५ गतेदेखि लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा चल्न दिने निर्णय सरकारले गरेको थियो।
तर कोरोनाको संक्रमण थप बढेपछि लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको ती मन्त्रीले बताए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्