banner

समाचार

सशस्त्र प्रहरी निरीक्षक तामाङको नेतृत्वमा अवैध रुपमा भित्र्याउदैं गरेको चौपाया नियन्त्रणमा

पटेर्वा सुगौली, ३ भदौ । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल भित्र्याउदैं गरेको चौपाया नियन्त्रणमा लिएको छ ।
पर्साको पाँडेपुर नाका भएर नेपाल ल्याउदैं गरेका चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको ईनर्वाबाट आज बिहान ४ बजेतिर अवैध रुपमा नेपाल भित्र्याउन लागेको भन्ने विशेष सुचनाको आधारमा गएको प्रहरीले राँगा र भैसी गरी ९ वटा चौपाया नियन्त्रणमा लिएको हो ।
पाँन्डेपुर प्रहरी चौकी नजिकैबाट सशस्त्र प्रहरी अन्दाजी २ लाख २२ हजार मुल्य बराबरको चौपाया नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देख्ने बित्तिक्कै तस्कर भने चौपाया छोडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बिओपी भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्व खटिएको सशस्त्र प्रहरी टोली ती चौपाया नियन्त्रणमा लिई बीरगन्ज भन्सार पठाउने तयारी भैइरहेको सशस्त्र प्रहरी निरीक्षक तामाङ बताए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्