banner

मनोरन्जन

साम्राज्ञीले साइन गरिन् नयाँ फिल्म

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग अब नायिका साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्नेछिन् ।

यो चलचित्रमा नायिका साम्राज्ञीसँगै अर्की नायिका आना शर्मालाई पनि अनुवन्धित गरिएको छ । साम्राज्ञी र आनासँग निर्माणपक्षले बिहिबार संझौता गरेको हो । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।

सिबड्स पिक्चर्स र सौर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा साम्राज्ञी र आना जोडिएसँगै टिमअप बलियो देखिएको छ । यो चलचित्रलाई ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दैछन् ।

चलचित्रको स्क्रिप्टको काम भैरहेको भन्दै प्रवेशले नाम तय नगरिएको बताए । यूवा मनोविज्ञानमा आधारित रहेर यो चलचित्र बनाइनेछ । चलचित्रका लागि अझै एक जना पुरुष र एक जना महिला कलाकारको जरुरत रहेको निर्माणटिमले बताएको छ । यसका लागि अडिसन मार्फत कलाकार छानिने बताइएको छ ।

कोरोना महामारीपछि सहज वातावरण बनेपछि चलचित्रको छायांकन सुरु हुनेछ । ‘डक्टर डेनिम’को प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा छत्रजंग पाण्डे र अनुप पौडेलको लगानी रहनेछ । करन साउद यसका सह–निर्माता हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्