banner

आर्थिक

सार्वजनिक सवारीमा अब डिजिटल प्रणालीबाटै भाडा रकम भुक्तानी गर्न पाउने

काठमाडौं, ५ भाद्र । अब सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले डिजिटल प्रणालीबाटै भाडा रकम भुक्तानी गर्ने गर्न पाउने भएका छन् । थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स र सिद्धार्थ बैंकबीच यसका लागि सम्झौता भएको छ । विकसित डिजिटल भुक्तानी प्रणालीमा बैंकिङ्ग पार्टनरको रुपमा सिद्घार्थ बैंक लिमिटेडले व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौतापत्रमा थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स का तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मी तथा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेशराज महर्जनले विहिवार हस्ताक्षर गरेका हुन् । थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रा.लि. ले विकसित गरेको प्रणालीमा डिजिटल भाडा भुक्तानीका अलावा जि.पि.एस. ट्र्याकिङ, स्मार्ट बहुउपयोगी बोर्ड, मोबाइल एप्लिकेशन लगायतका बिभिन्न बिशेषता रहेको जनाएको छ ।

थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कम्पनी आफैले विकास गरेको यस पूर्ण प्रणालीको प्रयोगबाट यातायात व्यवसायी, सर्वसाधारण, सरकार, यातायात कर्मचारी लगायत सम्पुर्ण सरोकारवालालाई फाइदा पुग्ने बताए ।
थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्से प्रणाली प्रयोग हुने यातायातमा सिद्धार्थ बैंकको पिएओस मेसिन राखिने र यात्रुले यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड, क्यूआरकोड समेतको प्रयोग गरी पिओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् ।
प्रयोग गरिने स्मार्ट कार्ड सोझै यातायातबाट वा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिने बताइएको छ । संस्थामा प्रविधि विकाशको कार्य गरिरहेका अनुसन्धानकर्ता राम प्रसाद रिमालले सार्वजनिक यातायातमा कार्ड सहितका विभिन्न यात्रु सुरक्षा र डिजिटाइजेसन सहितका ६ प्रकारका उपकरणहरु जडान गरी अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।
सो संस्थाका प्रमुख प्रशाशकीय अधिकृत खुसल रेग्मीका अनुसार गैर आवासीय नेपाली, जलविद्युत क्षेत्र बित्तिय तथा मानव संसाधन व्यवस्थापन का क्षेत्रमा काम गरिरहेका संस्थापकहरुबाट संचालित भएकाले छिट्टै आम सर्वसाधारण, व्यवसायी लगायतका व्यक्तिहरुको बीचमा पुग्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्