banner

आर्थिक

सुनको भाउ तोलामा पुनः एक लाख नाघ्यो

काठमाडौं । सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्