सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज १ हजार ६ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ४ सय रूपैयाँमा  कारोबार भइरहेको छ ।

यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रूपैयाँ बढ्दै प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।