banner

ताजा समाचार

कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा सांकेतिक पोखरी

kamalpokhari

1 106 total views, 1 1 views today

यन यस मिडिया 

 फागुन१४ काठमाडौं । कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा वृहत नागरिक आन्दोलनले सांकेतिक रुपमा पोखरी बनाएको छ ।

वृहत नागरिक आन्दोलनका सहभागीहरुले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका छन् ।

पोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरीसँग आन्दोलनका सहभागीको धकेलाधकेल भएको थियो ।

त्यसपछि उनीहरुले माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’, कमलपोखरी जनताको हो भन्दै नारा लगाएका थिए । आन्दोलनका सहभाागीले माटोको मौलिक पोखरी बनाएर पानी जम्मा पारेका छन् ।
उनीहरुले विकासका नाममा मौलिकता नमास्न आग्रह गरेका छन् । पोखरीको कमल फुल्ने ठाउँमा पानी जम्मा पारेको आन्दोलनका सहभागीले बताएका छन् ।

यसअघि वृहत नागरिक आन्दोलनले शुक्रबार नै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।

त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने, मातृभाषा संरक्षण गर्नुपर्ने लगायतको माग राखेका थिए ।

 

                            ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्