banner

ताजा समाचार

बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

1 113 total views, 1 1 views today

 यन यस मिडिया 

फागुन१४ काठमाडौं- बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् 

 

 

बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा कवि, लेखक तथा संरक्षणकर्मीहरुले आज बिहान माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागी थिए । अन्य व्यक्तिहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित प्रदर्शन सहभागी थिए । अभियानकर्मीहरुले ‘विकासको नाममा प्रतिगमन’ लेखिएको ब्यानर बोकेका थिए ।

 

उनीहरुले बालाजु सडक विस्तारको विरोध गर्नेहरुमध्ये विरोचन श्रेष्ठ र सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरुलाई तत्काल रिहाइको माग गरे ।

सम्पदा बचाउन माग गर्दै उनीहरु माइतीघर मण्डलाबाट कमलपोखरी पनि पुग्दैछन् ।

   

                                                                                                                 ⇓  सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्