banner

कणाली प्रदेश

भागरथी भट्टको हत्यामा संलग्‍न दोषी पत्ता लगाइ कानुनी दायरामा ल्याउन राष्ट्रिय मानव अधिकारआग्रह

1 246 total views, 1 1 views today

यनयस मिडिया 

माघ २५ काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले बैतडी दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यामा संलग्‍न दोषी पत्ता लगाइ कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

प्रवक्ता टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत दिन सरकारसँग आग्रह गरेका हुन् ।

त्यस्तै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आयोगले आफ्नो तर्फबट अनुमगनका लागि घटनास्थलमा टोली खटाएको जनाएको छ ।

विज्ञप्तिअनुसार आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।  त्यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटना अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको जनायो । बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार बीभत्स अवस्थामा लवलेक जंगलमा फेला परेको थियो ।

 

                                                             ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्